तस्बिरमा यो साता: संसारभर खिचिएका प्रभावशाली समाचार तस्बिर

Published

यो साता संसारभर खिचिएका केही शक्तिशाली समाचार तस्बिरहरू

अजरबैजानमा हाँसलाई शहरतिर लगिँदै

तस्बिर स्रोत, Umit Bektas / Reuters

तस्बिरको क्याप्शन, आफ्नो कारको छतमा हाँसहरू राखेर गान्जा शहरतर्फ लग्दै गरेका एक व्यक्ति। अजरबैजानको दोस्रो ठूलो शहर गान्जामा अर्मेनिया र अजरबैजानबीच उत्पन्न द्वन्द्वका कारण यो हप्ताको शुरूतिर एउटा क्षेप्यास्त्र खस्दा कम्तीमा १२ जनाको ज्यान गएको थियो।
अवकाशप्राप्त सैनिक माइकल स्ट्यानली, घरमा बनाएको टिनट्यानिक डुङ्गा खियाउँदै

तस्बिर स्रोत, Toby Melville / Reuters

तस्बिरको क्याप्शन, मेजर माइक भनेर पनि चिनिने अवकाशप्राप्त सैनिक माइकल स्ट्यानली, घरमा बनाएको टिनट्यानिक डुङ्गा खियाउँदै। उनले चिचेस्टरस्थित विल्फ्रेड हस्पाइसका लागि सहयोग रकम उठाउन एउटा नहरमा यो डुङ्गा चलाएका हुन्।
अमेरिकी चुनावका दुईजना राष्ट्रपतिय प्रतिस्पर्धी

तस्बिर स्रोत, Mike Segar / REUTERS

तस्बिरको क्याप्शन, टेनेसीस्थित बेलमन्ट विश्वविद्यालयमा राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेदवार जो बाइडनको दोस्रो बहसका बेला टीभी क्यामेरा क्रु रोक्न राखिएको शिशामा देखिएको प्रतिविम्ब।
एचसी वर्डर १९६१ विरुद्ध एफसी पोर्टो, ईएचएफ च्याम्पियन्स लीग

तस्बिर स्रोत, Georgi Licovski /EPA

तस्बिरको क्याप्शन, पुरुष ह्यान्डबल इएचएफ च्याम्पियन्स लीगमा पोर्टोका एन्ड्रे गोमेसको प्रहार। रिपब्लिक अफ नर्थ म्यासेडोनियामा भएको खेलमा पोर्चुगलका खेलाडीहरूले यो सिजनको पहिलो जित हात पारेका थिए।
द पाम फाउन्टेन, पाम जुमराह, दुबइ

तस्बिर स्रोत, Rula Rohana / Reuters

तस्बिरको क्याप्शन, दुबइको द पोइन्ट अन पाम जुमेराहस्थित नयाँ पानीको फोहरा, यसले अहिलेसम्मकै सबभन्दा ठूलो फोहराको रेकर्ड बनाएको छ। यो पानी दृष्यमा ३ हजार किसिमका रङयुक्त प्रकाश जडान गरिएको छ। पानी हावामा १०५ मीटर माथिसम्म पुर्‍याइएको छ।
फ्र्याङकफर्ट जर्मनीस्थित युरोपियन सेन्ट्रल ब्याङ्क अगाडि प्रदर्शनकारीले पेट्रोलियम उद्योग विरुद्ध प्रदर्शनी

तस्बिर स्रोत, Kai Pfaffenbach / Reuters

तस्बिरको क्याप्शन, फ्र्याङकफर्ट जर्मनीस्थित युरोपियन सेन्ट्रल ब्याङ्क अगाडि प्रदर्शनकारीले खनिज ऊर्जा उद्योग विरुद्ध कागजको पृथ्वी बनाएर जलाएपछि आगो निभाउने प्रयत्न गरिँदै।
स्यामुअल प्याटीप्रति सम्मान व्यक्त गर्दै सर्वसाधारण

तस्बिर स्रोत, Yoan Valata/ EPA

तस्बिरको क्याप्शन, फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोँले स्यामुअल प्याटी को सम्झनामा आयोजना गरेको कार्यक्रममा सम्मान प्रकट गर्न जम्मा भएका मानिसहरू। यी ४७ वर्षीय शिक्षकले विद्यालयमा पैगम्बर मोहम्मदको कार्टून आफ्ना विद्यार्थीहरूलाई देखाएपछि विद्यालय नजिकै हिँडिरहेका बेला उनको हत्या गरिएको थियो।
आफ्नो बाली खान आएका सलह धपाउँदै एक व्यक्ति

तस्बिर स्रोत, Tiksa Negeri / Reuters

तस्बिरको क्याप्शन, जवाहा, इथियोपियामा आफूले लगाएको बाली र उखु खेती खान आएका सलहको झुण्ड भगाउँदै जेमल अहमद।
डुङ्गा शयर गर्न समुद्रतर्फ लागेका मानिसहरू

तस्बिर स्रोत, James Ross / EPA

तस्बिरको क्याप्शन, मेलबोर्न, अस्ट्रेलियामा कोरोनाभाइरसका कारण बन्द गरिएको डुङ्गा शयर 'अर्बन सर्फ' पुन: खोलिएको छ।
डाउनिङ स्ट्रीट मा ल्यारी बिरालो

तस्बिर स्रोत, Simon Dawson / Reuters

तस्बिरको क्याप्शन, डाउनिङ स्ट्रीट लण्डनमा हाई गर्दै ल्यारी बिरालो। ब्याटरसी क्याट्स एन्ड डग्स होमले उद्धार गरेको बेवारिसे बिरालोलाई अहिले यहाँ 'चीफ माउसर' भन्ने गरिन्छ।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित