तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: थप २ हजार ९ सय ४२ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु
नेपालमा विगत २४ घण्टामा २,९४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १४,८७५ वटा नमुना परीक्षण गरिएको थियो।
आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये १,६९८ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजारभन्दा बढी भएको छ।
विगत चौबीस घण्टाको अवधिमा थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।
योसहित नेपालमा अहिलेसम्म ७३९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
सक्रिय सङ्क्रमितमध्ये ३०१ जना सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन्।
कति जना भए निको?
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि २,३२६ सङ्क्रमित रोगमुक्त भएका छन्।
अहिलेसम्म ९२,१६६ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.७ प्रतिशत हो।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
गत शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो।
त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।
कति छन् सक्रिय सङ्क्रमित?
अहिले देशभरि ३९,३४१ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १२,९३३ जना संस्थागत आइसोलेशनमा र बाँकी २६,४०८ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।
तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।
आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डू जिल्लाका १,४६९, भक्तपुरका ९९ र ललितपुरका १३० जना रहेका छन्।
गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाण्डू, भक्तपुर, चितवन, कास्की, बाँके, रूपन्देही र दाङ रहेका छन्।
मुस्ताङ जिल्लामा मात्र अहिले शून्य सङ्क्रमित रहेका छन्।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा