नेकपा: एमसीसी संशोधन गरेर पारित गरिने, केही पुरानै निर्णय दोहोर्‍याइए

नेकपा बैठक

तस्बिर स्रोत, PM Office

तस्बिरको क्याप्शन, नेकपा बैठक
Published
पढ्ने समय: २ मिनेट

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले आगामी चैतमा काठमाण्डूमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ताले बताएका छन्।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन्।

श्रेष्ठले भने, "२०७७ साल चैत्र २५ देखि ३० गतेसम्म काठमाण्डूमा पार्टीको महाधिवेशन गर्ने निर्णय आजको बैठकले गरेको छ।"

"त्यसको तयारीका लागि २०७७ साल कात्तिक १५ देखि १७ गतेसम्म पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि आज भएको छ।"

गत माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि उक्त मितिमै महाधिवेशन गर्न प्रस्ताव गरेको थियो।

लामो समयपछि बैठक

यसअघि गत असार १० गते सुरु भएको नेकपा स्थायी कमिटीको बैठक साउन १३ गतेदेखि स्थगित हुँदै आएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

एक महिना १३ दिनपछि बसेको बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना भनाइ राखेर निस्किएको नेताहरूले बताएका छन्।

उक्त बैठकमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमाथि छलफल भएको थियो।

दुई अध्यक्ष बीचको विवाद बढ्दै जाँदा विवाद समाधानका लागि बनाइएको एउटा कार्यदलले तयार पारेको प्रतिवेदनलाई यही भदौ १८ गतेको सचिवालय बैठकले अध्यक्षहरूलाई सहमतिको प्रस्ताव तयार पार्न जिम्मा दिएको थियो।

उक्त प्रतिवेदनमा सचिवालयमा नेताहरूले व्यक्त गरेको विचारसमेत समेटेर अध्यक्षहरूले प्रतिवेदन तयार पारेको बताइएको थियो।

सो प्रतिवेदन दुई दिनअघि स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि पठाइएको थियो र त्यसमा दिइएका सुझाव इमेलमार्फत् बिहीवार पठाउन महासचिव विष्णु पौडेलले पत्र जारी गरेका थिए।

दुई अध्यक्षको प्रतिवेदनमा वरिष्ठ नेता माधवकुमार नेपालको असहमति रहेको बताइएको थियो।

तर प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमति नरहेको दाबी गरे।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

एमसीसी संशोधन गरेर पारित हुने

श्रेष्ठका अनुसार शुक्रवारको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संशोधनसहित पारित गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलले दिएको संशोधनको सुझाव अनुसार त्यसो गरिनेछ।

एमसीसीलाई लिएर लामो समयदेखि सत्ताधारी दलभित्रै विवाद देखिदैँ आएको छ।

बैठकले पार्टीको मार्ग निर्देशनमा सरकार चल्ने तर सरकारको दैनिक कार्यमा पार्टिको हस्तक्षेप नहुने निर्णय पनि गरेको उनले बताए।

नेकपा बैठक

तस्बिर स्रोत, PM office

तस्बिरको क्याप्शन, नेकपा बैठक

पुरानै निर्णय

प्रवक्ता श्रेष्ठका अनुसार शुक्रवारको बैठकले पार्टी अध्यक्षहरूको कार्यविभाजनबारे निर्णय गरेको छ।

जसअनुसार ओलीले सरकार सम्हाल्ने र दाहालले पार्टी सम्हाल्ने तय गरिएको छ।

तर यस्तै निर्णय गत वर्ष पनि नेकपाले गरेको थियो।

"त्यसको भावसहित कार्यान्वनयमा केही समस्या आएकाले" पुन: यो निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा दुवै अध्यक्षले पार्टी एक रहेको सन्देश दिएको श्रेष्ठको दाबी छ।

उनले बैठकको सुरुमा ओलीले "पार्टी फुटाउन देशीविदेशी शक्तिको प्रयास असफल भएको" बताएको जानकारी दिए।

त्यस्तै बैठक समायोजन गर्दै "पार्टीलाई दुर्घटनाबाट बचाउने र वैचारिक तथा सांगठनिक रूपमा अघि बढाउने आधार खुला गरेको" दाहाललाई उदृत गर्दै उनले बताए।