कोरोना भाइरसः ट्रम्पद्वारा उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ

ट्रम्प

तस्बिर स्रोत, EPA

Published

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगको फेरि बचाउ गरेका छन्।

ट्रम्पको अभिव्यक्ति उनकै स्वास्थ्य अधिकारीको भनाइसँग मिल्दो छैन।

कोभिड-१९ विरुद्धको उपचारमा औलो विरुद्धको यो औषधिको प्रयोग अस्वीकार गर्नुको एउटै कारण त्यो आफूले सुझाउनु रहेको ट्रम्पको दाबी छ।

एक दिनअघि हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गर्दै ट्रम्पका जेठा छोराले पोस्ट गरेको एउटा क्लिपमाथि सामाजिक सञ्जाल ट्विटरले प्रतिबन्ध लगाइदिएको थियो।

प्रमाण

उक्त औषधिले कोरोनाभाइरसविरुद्ध लड्न सक्छ भन्ने कुराको कुनै प्रमाण छैन।

साथै विज्ञहरूले हाइड्रोक्सीक्लोरोक्वाईनले मुटुमा असर पार्न सक्ने भन्दै सचेत गराएका छन्।

गत महिनामात्रै अमेरिकी खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगबारे सचेत गराएको थियो।

उक्त औषधिले मुटुको ढुकढुकीमा गम्भीर समस्या निम्त्याएको र अरू स्वास्थ्य समस्या पनि देखिएको भन्दै रिपोर्ट आएपछि त्यसको प्रयोगबारे सचेत गराएको एफडीएले जनाएको थियो।

कोरोनाभाइरस उपचार पत्ता लगाउन अमेरिकी वैज्ञानिकहरू प्रयासरत छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कोरोनाभाइरस उपचार पत्ता लगाउन अमेरिकी वैज्ञानिकहरू प्रयासरत छन्

विश्व स्वास्थ्य सङ्गठनले पनि हाइड्रोक्सीक्लोरोक्वाईन कोरोनाभाइरसको उपचारमा प्रभावकारी हुने वा त्यसबाट बचाउने भन्ने कुराको हालसम्म कुनै प्रमाण नरहेको जनाएको छ।

गत मार्चमा ट्रम्पले पहिलो पटक हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गरेका थिए।

पछिल्लो पटक मङ्गलवार ह्वाइट हाउसमा उनले भने, "जब म कुनै कुरा सिफारिस गर्छु तब उनीहरू 'त्यसलाई प्रयोग नगर्नू' भन्न रुचाउँछन्।"

गत मे महिनामा डब्ल्यूएचओले सुरक्षाका कारण कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको परीक्षण गर्न रोकिएको जनाएको थियो।

सावधानीका लागि भन्दै थुप्रै देशमा भइरहेको परीक्षण अस्थायी रूपमा रोकिएको उसको भनाइ थियो।

अमेरिकामा हालसम्म कोरोनाभाइरसबाट ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने १,४९,००० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space