तस्बिरमा यो साता: १८ जुलाई-२४ जुलाई २०२०

Published

यो साता विश्वका विभिन्न भागमा खिचिएका केही रोजिएका शक्तिशाली तस्बिरहरू

अहमदाबादस्थित एक आवासीय अपार्टमेन्टमा कोरोनाभाइरस परीक्षण गर्न स्वाबहरू लिएपछि एक स्वास्थ्यकर्मीको निधारमा देखिएको पसिना।

तस्बिर स्रोत, AMIT DAVE/Reuters

तस्बिरको क्याप्शन, भारतको अहमदाबादस्थित एक आवासीय अपार्टमेन्टमा कोरोनाभाइरस परीक्षण गर्न स्वाबहरू लिएपछि एक स्वास्थ्यकर्मीको निधारमा देखिएको पसिनाका थोपाहरू। भारतमा अमेरिका र ब्राजिलपछि विश्वकै तेस्रो ठूलो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमितहरू छन्।
बाङ्ग्लादेशको राजधानी ढाकामा पानी जमेको सडकमा यात्रा गरिरहेकाहरू।

तस्बिर स्रोत, MUNIR UZ ZAMAN/AFP

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशको राजधानी ढाकामा पानी जमेको सडकमा यात्रा गरिरहेकाहरू। संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला संयोजन कार्यालयका अनुसार मनसुनी बाढीले २४ लाख मानिस प्रभावित भएका छन्
कोलकाता भारतमा कोरोनाभाइरस सङ्क्रमण परीक्षणका लागि एक महिलाको स्वाब सङ्कलन गर्दै एक स्वास्थ्यकर्मी

तस्बिर स्रोत, RUPAK DE CHOWDHURI/Reuters

तस्बिरको क्याप्शन, भारतको कोलकातामा कोरोनाभाइरस सङ्क्रमण परीक्षणका लागि एक महिलाको स्वाब सङ्कलन गर्दै एक स्वास्थ्यकर्मी
इटलीमा तटरक्षकहरूले सिसिलियन एओलियन टापुमा माछा मार्ने जालोमा अल्झिन पुगेको स्पर्म ह्वेललाई मुक्त गराएका थिए

तस्बिर स्रोत, Carmelo Isgro/MuMa Museo del Mare di Milazz

तस्बिरको क्याप्शन, इटलीमा तटरक्षक गोताखोरहरूले सिसिलियन एओलियन टापुमा माछा मार्ने जालीमा अल्झिन पुगेको स्पर्म ह्वेललाई मुक्त गराएका थिए। स्पर्म ह्वेल विशाल आकारको प्रजाति हो।
स्पेनको पोर्पटो डी सन स्थित पर्यटकीय समुद्री तटबाट देखिएको जङ्गलमा लागेको आगोबाट निस्किएको धुवाँ

तस्बिर स्रोत, Lavandeira Jr / EPA

तस्बिरको क्याप्शन, स्पेनको पोर्टो डी सन स्थित पर्यटकमाझ लोकप्रिय समुद्री तटबाट देखिएको जङ्गलमा लागेको आगोबाट निस्किएको धुवाँको मुस्लो
क्योटो, जापानमा कियोमिजुडेरा मन्दिर नजिकै मास्क लगाएर हिँडिरहेका महिलाहरू

तस्बिर स्रोत, DAI KUROKAWA/EPA

तस्बिरको क्याप्शन, क्योटो, जापानमा कियोमिजुडेरा मन्दिर नजिकै मास्क लगाएर हिँडिरहेका महिलाहरू
केन्या नाइभाशास्थित ग्रीनहाउस बनाएर गरिएको गुलाफखेतीबीच हिँडिरहेका एक कामदार

तस्बिर स्रोत, BAZ RATNER/Reuters

तस्बिरको क्याप्शन, केन्या नाइभाशास्थित ग्रीनहाउस बनाएर गरिएको गुलाफखेती स्थलमा फूलका लहरबीच हिँडिरहेका एक कामदार
जुलियन असान्जलाई सुपुर्दगी गर्ने भन्ने प्रस्तावको विरोधमा फ्याशन डिजाइनर डेम भीभीएन वेस्टवूड लण्डनस्थित एउटा ठूलो पिँजडामा बसेर विरोध गर्दै

तस्बिर स्रोत, Victoria Jones/PA Wire

तस्बिरको क्याप्शन, जुलियन असान्जलाई सुपुर्दगी गर्ने भन्ने प्रस्तावको विरोधमा फ्याशन डिजाइनर डेम भीभीएन वेस्टवूड लण्डनको अदालतबाहिर एउटा ठूलो पिँजडामा बसेर विरोध गर्दै
लण्डनस्थित टेट मोडर्न ग्यालरीमा ब्रिटिश लाइब्रेरीबारे यीङ्का शोनीबेयरको कलाकृति अगाडि उभिएकी एक कर्मचारी।

तस्बिर स्रोत, Jonathan Brady/PA Wire

तस्बिरको क्याप्शन, लण्डनस्थित टेट मोडर्न ग्यालरीमा ब्रिटिश लाइब्रेरीबारे यीङ्का शोनीबेयरको कलाकृति अगाडि उभिएकी एक कर्मचारी। यो ग्यालरी सर्वसाधारणका लागि खोल्ने तयारी हुँदैछ
१५ फीट अग्लो चम्चा कलाकृति यूकेको क्र्याम्लिङ्ग्टनस्थित दुई खेतबीच रहेको छ।

तस्बिर स्रोत, Christopher Furlong/Getty Images

तस्बिरको क्याप्शन, १५ फीट अग्लो चम्चा कलाकृति यूकेको क्र्याम्लिङ्ग्टनस्थित दुई खेतबीच रहेको छ। यो कलाकार बब बडले बनाएका हुन्। नर्थमबरल्यान्डमा न्याशनल लटरी संस्थाको सहयोगमा सन् २००६ मा यस्तो मूर्ति बनाउन लगाइएको थियो। उसले बनाउन लगाएको कला मार्गको यो एक अंश हो।

सबै तस्बिरहरूको सर्वाधिकार तस्बिरमा उल्लेख भए बमोजिम नै रहेको छ।