तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: थपिए १०९ सङ्क्रमित, अर्को एक जनाको मृत्यु
नेपालमा थप १०९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
यससँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,४८३ पुगेको छ।
अहिलेसम्म ४५ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
मन्त्रालयका अनुसार कोभिड-१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १३,०५३ अर्थात् ७० प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन्।
अधिकांश सङ्क्रमितमा रोगको लक्षण नै नदेखिएको तर पीसीआर परीक्षणमा कोरोनाभाइरस पाइएको सरकारको भनाइ छ।
मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सङ्क्रमण भएका कुल ५,३८५ व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ।
मृतक को हुन्?
नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएर मृत्यु हुने ४५औं व्यक्ति बाराको परवानीपुर वडा नं ८ की १७ वर्षीय महिला रहेको मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले दिए।
उनको शुक्रवार गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो।
साउन ८ बिहीवार गते स्वाब सङ्कलन गरिएको उनको शुक्रवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
उनलाई अक्सिजनको कमी भएको र पखाला लागेको डा. गौतमले जानकारी दिए।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ४,०७५ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा १०६ जना कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन्।
अहिले देशभरिका क्वारन्टीनमा १८,१८३ जना छन्।
नेपालमा पुष्टि भएका अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
तीमध्ये पनि २०-४० वर्ष उमेर समूहका व्यक्ति सर्वाधिक भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको कुल सङ्ख्या ४,००० नाघेको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा