तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: जर्मनीमा लकडाउन खुकुलो, बाहिर निस्किँदा अब मास्क अनिवार्य
कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नयाँ नियम लागु भएपछि जर्मनीमा मानिसहरूले घरबाट बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउन थालेका छन्।
जर्मनीमा अब सार्वजनिक यातायात र अधिकांश क्षेत्रका पसलभित्र पनि कपडाको मास्क लगाउन अनिवार्य गरिएको छ।
उक्त नियम जर्मनीका १६ वटा राज्यमा भिन्नभिन्न तरिकाले कार्यान्वयन गरिएको छ।
बभरियामा यो नियम निकै कडा छ भने बर्लिनमा पसलेहरूले मास्क नलगाउँदा पनि हुन्छ।
तर अधिकारीहरूले उच्च सतर्कताका साथ लकडाउन खुकुलो बनाउने कदम चालेका छन्।
मास्क लगाउने नियम
विश्वभरि नै विभिन्न मुलुकले आफ्नै ढङ्गले मास्क लगाउने नियम बनाएका छन्।
यद्यपि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मानिसहरूलाई बिरामी भएमा, लक्षण देखिएमा वा कोभिड-१९ का शङ्कास्पद व्यक्तिहरूको हेरचाह गरेमा मात्र सुरक्षित मास्क लगाउन सल्लाह दिएको छ।
उसले सर्वसाधारणलाई मास्क लगाउन सिफारिस नगरिएको बताएको छ। किनभने थुकका छिटा र सिँगानका कारण सङ्क्रमण हुन सक्ने तर मानिसलाई सुरक्षित छु भन्ने भ्रम हुन सक्छ।
जर्मन सञ्चारमाध्यमका अनुसार शैक्षिक संस्थामा पनि विद्यार्थीहरूले मास्क लगाउनुपर्नेछ। कक्षाकोठामा अनिवार्य नभए पनि बाहिर निस्किँदा सबैले लगाउनुपर्छ।
विद्यार्थीलाई अलग-अलग राखिएको छ र बेलाबेला कक्षाकोठाहरूमा सफाइ गर्ने तथा सङ्क्रमणनाशक प्रयोग गर्ने गरिएको छ।
कस्ता मास्क लगाउन पाइन्छ?
प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू कक्षामा फर्केका छन्। तर अधिकांश विद्यार्थी अझै पनि लकडाउनका कारण घरमै छन्।
जर्मन अधिकारीहरूका अनुसार स्टेशन, बस र रेलमा मास्क लगाउनुपर्छ। तर अझै पनि लामो दूरीका रेलमा भने यो नियम लागु भएको छैन।
घरमै बनाइएका मास्कहरू प्रयोग गर्न दिइएको छ।
मानिसहरूले अस्पतालमा प्रयोग हुने खालका अतिसुरक्षित मानिएका मास्क नै लगाउनुपर्ने बाध्यता छैन।
यस्ता मास्कहरू बजारमा बेच्न राखिएका भेटिन्छ।
के छ युरोपको स्थिति?
सोमवार चेक रिपब्लिक, स्विट्जरल्यान्ड र अन्य देशले पनि लकडाउनलाई अझ खुकुलो बनाए।
युरोपकै सबैभन्दा कडा लकडाउन भएको इटलीले केही खुकुलो पार्ने विस्तृत योजना लिएर आएको छ।
जर्मनीमा कोभिड-१९ का कारण ५,७ ५० जनाको मृत्यु भएको छ।
यो इटली, स्पेन, फ्रान्स र यूकेको भन्दा निकै कम हो।
जर्मनीले अपनाएको धेरैभन्दा धेरैको परीक्षण गर्ने शैली र चाँडै गरिएको लकडाउनका कारण कम मानवीय क्षति भएको आकलन गरिएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा