तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: बजारमा अरू मानिससामु खोकेपछि अदालतको कठघरामा
न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस सामु खोकेको र त्यसको भिडिओ खिचेको पाइएपछि उनीविरुद्ध 'अपमानजनक कार्य' गरेको अभियोग लगाइएको छ।
३८ वर्षीय रेमन्ड कुम्ब्सले आफू मदिराको नशामा रहेको र ठट्टाको रूपमा त्यसो गरेको बताएका छन्।
दु:ख व्यक्त
पछि ती पुरुषले आफ्नो कार्यबारे दु:ख व्यक्त गरेका छन्।
त्यसरी अरूको अगाडि गएर खोक्नु अनि त्यसको भिडिओ बनाउने कार्य 'मूर्खतापूर्ण र असम्वेदनशील' भएको भन्दै त्यसप्रति उनले दु:ख व्यक्त गरेका छन्।
सो भिडिओ फेसबुकमा राखिएपछि भाइरल भएको थियो र त्यसले व्यापक आक्रोश उब्जाएको थियो।
ती व्यक्तिविरुद्ध सुरुमा जनस्वास्थ्यसम्बन्धी आदेश उल्लंघन गरेको भन्दै फौजदारी अभियोग पनि लगाइएको थियो तर पछि त्यो अभियोग भने फिर्ता लिइयो।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले ती व्यक्तिलाई 'बेवकुफ'को संज्ञा दिइन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
कति सङ्क्रमित छन् न्यूजील्यान्डमा?
कोरोनाभाइरसको सङ्क्रमण मानिसहरूले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने स-साना पानीमिश्रित कणमार्फत् एकअर्कामा फैलने वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन्।
त्यसै कारण सकेसम्म मुख छोप्नु पर्ने वा कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नु पर्ने बताइएको छ।
यस्तो परिस्थितिमा अरूको अगाडि गएर जथाभावी र जानाजान खोक्नु वा हाच्छ्युँ गर्नुलाई धेरैले ठीक ठान्दैनन्।
संसारभरि नै पछिल्ला साताहरूमा मानिसहरूको सार्वजनिक व्यवहार सम्वेदनशील भनिएको बेला न्यूजील्यान्डको घटना प्रकाशमा आएको छ।
यसबीच विश्वभरिको कोभिड-१९ को आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार न्यूजील्यान्डमा हालसम्म १,१०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ।
त्यहाँ कोभिड-१९ का कारण एकजनाको ज्यान गइसकेको छ।
नजिकैको अस्ट्रेलियामा भने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या साढे पाँच हजार पुगेको छ।