तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: श्रीलङ्कामा तीनदिने कर्फ्यु, निर्वाचन स्थगित
कोरोनाभाइरसका कारण श्रीलङ्काले देशभरि शुक्रबार साँझबाट लागु हुने गरी तीनदिने कर्फ्यु लगाएको छ भने आगामी महिनाका लागि तय भएको निर्वाचन स्थगित गरेको छ।
श्रीलङ्काले शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ।
निर्वाचन अधिकारीले कोरोनाभाइरसका कारण आगामी महिनाका लागि तय गरिएको संसदीय निर्वाचन स्थगित गरेको घोषणा गरेको भोलिपल्ट यो घोषणा गरिएको हो।
राष्ट्रपति गोटाबाय राजापक्षेले निर्वाचन सार्नुपर्ने कारण नरहेको बताउँदा बताउँदै पनि निर्वाचन अधिकारीले चुनाव सारेका हुन्।
चेतावनी
राजापक्षेले संसद्मा दुई तिहाइ बहुमतको अपेक्षा गरेका थिए जसले उनलाई संविधान संशोधन गर्न सहज बनाउँथ्यो।
श्रीलङ्कामा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ।
गत तीन दिनमा सङ्क्रमितको सङ्ख्या झण्डै दोबर भएपछि कुल सङ्क्रमण सङ्ख्या ६० भन्दा बढी भएको छ।
त्यहाँको सरकारी स्वास्थ्य व्यवसायीहरूको सङ्गठनले श्रीलङ्काको अवस्था इटलीको भन्दा जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन्।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्