सर्वसाधारणको मतका आधारमा द आर्ट अफ बिल्डिङ फोटोग्राफर अफ द यिअर २०१९ का विजेताहरूको नाम घोषणा भएको छ।
चार्टर्ड इन्स्टिट्यूट अफ बिल्डिङले आयोजना गरेको उक्त प्रतियोगितामा निर्माण उद्योग र हामीवरपर निर्मित संरचनामा भएको सिर्जनशीलता झल्काउने तस्बिर समाविष्ट थिए।
मस्कोको मेट्रो स्टेशनको तस्बिरका लागि अलेक्सान्दर बोर्मोटिनले 'पब्लिक चइस अवार्ड' हात पारे।
तस्बिर स्रोत, Alexandr Bormotin / CIOB19
तस्बिरको क्याप्शन, "मस्को मेट्रो स्टेशन भविष्यको शैलीमा बनाइएको छ," बोर्मिन्टनले भने।
जजेज प्राईजका लागि निर्णयकर्ताको छनोटमा पेड्रो लुइस आजुरिआगेरा साइजले खिचेको स्पेनको भ्यालेन्सियास्थित सिटी अफ आर्ट्स एन्ड साइन्सेजको तस्बिर पर्यो।
तस्बिर स्रोत, Pedro Luis Ajuriaguerra Saiz / CIOB19
तस्बिरको क्याप्शन, जर्मनीको ह्याम्बर्गमा फोल्कर जान्डरले खिचेको तस्बिरमा नयाँ र पुराना शैलीमा निर्मित भवनहरू छन्। "यी भवन एकअर्कासँग सुहाउँदैनन्, तर तिनले झगडा पनि गर्दैनन्। तिनले ह्याम्बर्गको केन्द्रमा सिर्जनशील विकास देखाउँछन्।"
तस्बिर स्रोत, David Martin Huamani Bedoya / CIOB19
तस्बिरको क्याप्शन, सी एन्ड ह्यूमन्स: डेभिड मार्टिन हुआमनी बेडोयाले पेरुमा खिचेको तस्बिर। "मान्छेले प्रकृतिमा गरेको हस्तक्षेप सधैँ खराब हुँदैन। यो तस्बिरले प्रकृतिको शान्ति र त्यो हेर्नका लागि एउटा बार्दली देखाउँछ।"
तस्बिर स्रोत, Grzegorz Tatar / CIOB19
तस्बिरको क्याप्शन, पोलन्डको भ्रोत्स्वाफस्थित न्याश्नल फोरम अफ म्यूजिकको एउटा भूमिगत प्रवेशद्वारको आकाशबाट खिचिएको तस्बिर। "यो वास्तुमा एक्सनमेट्रीको उत्कृष्ट उदाहरण हो," गेर्जेइगोर्ज तातार भन्छन्।
तस्बिर स्रोत, Debdatta Chakraborty / CIOB19
तस्बिरको क्याप्शन, देवदत्त चक्रवर्तीले चेक गणतन्त्रको प्रागमा खिचेको हाउस अफ ब्ल्याक मडोनाको तस्बिर। उक्त भवन सन् १९११ र १९१२ मा बनाइएको थियो। घन वास्तुकलाको पहिलो उदाहरणका रूपमा जोसेफ जोकारले उक्त भवन बनाएका हुन्।
तस्बिर स्रोत, Volker Sander / CIOB19
तस्बिरको क्याप्शन, आबुधाबीमा फोल्कर जान्डरले खिचेको तस्बिर। "यो मानिस र भवनहरूबीच आवश्यक अन्तर्क्रियाको उदाहरण हो," उनी भन्छन्।
तस्बिर स्रोत, Adam Regan / CIOB19
तस्बिरको क्याप्शन, एडम रेगनले इङ्ग्ल्यान्डको इस्ट ससिक्समा खिचेको बेक्सहिल प्रोमनेड शेल्टरको तस्बिर। डुगन मोरिस आर्टिटेक्ट्सले बनाएको ढाँचामा निर्मित यो संरचनाबारे रेगन भन्छन्, "यो सांसारिक समस्याको सुन्दर र मनमोहक समाधान हो।"
सबै तस्बिर चार्टर्ड इन्स्टिट्यूट अफ बिल्डिङको सौजन्यमा