कलात्मक भवन, सिर्जनशील निर्माण

Published

सर्वसाधारणको मतका आधारमा द आर्ट अफ बिल्डिङ फोटोग्राफर अफ द यिअर २०१९ का विजेताहरूको नाम घोषणा भएको छ।

चार्टर्ड इन्स्टिट्यूट अफ बिल्डिङले आयोजना गरेको उक्त प्रतियोगितामा निर्माण उद्योग र हामीवरपर निर्मित संरचनामा भएको सिर्जनशीलता झल्काउने तस्बिर समाविष्ट थिए।

मस्कोको मेट्रो स्टेशनको तस्बिरका लागि अलेक्सान्दर बोर्मोटिनले 'पब्लिक चइस अवार्ड' हात पारे।

जजेज प्राईजका लागि निर्णयकर्ताको छनोटमा पेड्रो लुइस आजुरिआगेरा साइजले खिचेको स्पेनको भ्यालेन्सियास्थित सिटी अफ आर्ट्स एन्ड साइन्सेजको तस्बिर पर्‍यो।

यहाँ छनोटमा परेका तथा सर्वसधारणले रुचाएका अरू तस्बिर प्रस्तुत गरिन्छ।

सबै तस्बिर चार्टर्ड इन्स्टिट्यूट अफ बिल्डिङको सौजन्यमा