साताका ११ तस्बिर: इन्डोनेशियाको बाढीदेखि इरानमा आयोजित अमेरिकाविरोधी र्‍यालीसम्म

Published

गत हप्ता संसारभरि खिचिएका विभिन्न घटनासँग सम्बन्धित केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

जकार्तानजिकै बाढीग्रस्त एक स्थानमा ज्यानुअरी १ मा एक शिशुको उद्धार गरिँदै। ठूलो वर्षापछि आएका बाढी र पहिरोका कारण कम्तीमा २० जनाको मृत्यु भयो भने हजारौँ मानिसहरू विस्थापित भए।

तस्बिर स्रोत, Muhammad Iqbal / Reuters

तस्बिरको क्याप्शन, जकार्तानजिकै बाढीग्रस्त एक स्थानमा ज्यानुअरी १ मा एक शिशुको उद्धार गरिँदै। ठूलो वर्षापछि आएका बाढी र पहिरोका कारण कम्तीमा २० जनाको मृत्यु भयो भने हजारौँ मानिसहरू विस्थापित भए।
Presentational white space
अस्ट्रेलियाको भिक्टोरिया राज्यको ईस्ट गिप्स्ल्यान्डमा देखिएको धुवाँको मुस्लो। अस्ट्रेलियामा फैलिएको डढेलोका कारण केही मानिसको मृत्यु भएको छ भने हजारौँ मानिसहरू प्रभावित भएका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अस्ट्रेलियाको भिक्टोरिया राज्यको ईस्ट गिप्स्ल्यान्डमा देखिएको धुवाँको मुस्लो।अस्ट्रेलियामा फैलिएको डढेलोका कारण केही मानिसको मृत्यु भएको छ भने हजारौँ मानिसहरू प्रभावित भएका छन्।
Presentational white space
सौराहामा आयोजित हात्तीको सौन्दर्य प्रतियोगिताका लागि एउटा हात्ती सिँगारिँदै। चितवन राष्ट्रिय निकुञ्जनजिकै प्रत्येक वर्ष आयोजना हुने हात्ती महोत्सवमा हात्ती पोलो पनि समावेश हुन्छ।

तस्बिर स्रोत, Prakash Mathema / AFP

तस्बिरको क्याप्शन, सौराहामा आयोजित हात्तीको सौन्दर्य प्रतियोगिताका लागि एउटा हात्ती सिँगारिँदै। चितवन राष्ट्रिय निकुञ्जनजिकै प्रत्येक वर्ष आयोजना हुने हात्ती महोत्सवमा हात्ती पोलो खेल पनि समावेश हुन्छ।
Presentational white space
स्पेनको इबीमा आयोजित एउटा २०-० वर्ष पुरानो पर्वमा एकअर्कालाई पिठो र अण्डा दल्दै सहभागीहरू। उक्त पर्वमा सैन्य पोसाक लगाएका सहभागीहरूले उक्त नगरलाई आफ्नो नियन्त्रणमा लिएको नाटक गर्छन्।

तस्बिर स्रोत, Jaime Reina / AFP

तस्बिरको क्याप्शन, स्पेनको इबीमा आयोजित एउटा २०० वर्ष पुरानो पर्वमा एकअर्कालाई पिठो र अण्डा दल्दै सहभागीहरू। उक्त पर्वमा सैन्य पोसाक लगाएका सहभागीहरूले उक्त नगरलाई आफ्नो नियन्त्रणमा लिएको नाटक गर्छन्।
Presentational white space
श्रीनगरको तङ्गमार्गस्थित एउटा जमेको झरनामा माछा मार्दै एक व्यक्ति।

तस्बिर स्रोत, Farooq Khan / Shutterstock

तस्बिरको क्याप्शन, भारतको श्रीनगरको तङ्गमार्गस्थित एउटा जमेको झरनामा माछा मार्दै एक व्यक्ति।
Presentational white space
ब्याङ्ककमा एउटा सडक महोत्सवमा आयोजित चिनियाँ साङ्गीतिक कार्यक्रमका बेला आराम गर्दै एक कलाकार।

तस्बिर स्रोत, Mladen Antonov / AFP

तस्बिरको क्याप्शन, ब्याङ्ककमा एउटा सडक महोत्सवमा आयोजित चिनियाँ साङ्गीतिक कार्यक्रमका बेला आराम गर्दै एक कलाकार।
Presentational white space
इजिप्टको राजधानीस्थित प्रहरी तालिम केन्द्रमा तालिम लिँदै प्रशिक्षार्थीहरू।

तस्बिर स्रोत, Mohamed El-Shahed / AFP

तस्बिरको क्याप्शन, इजिप्टको राजधानीस्थित प्रहरी तालिम केन्द्रमा प्रशिक्षार्थीहरू।
Presentational white space
लन्डन जूमा स्क्विरल मङ्की प्रजातिका बाँदरको सङ्ख्या गन्दै एक कर्मचारी।

तस्बिर स्रोत, Dominic Lipinski / PA Media

तस्बिरको क्याप्शन, लन्डनस्थित चिडियाखानमा स्क्विरल मङ्की प्रजातिका बाँदरको सङ्ख्या गन्दै एक कर्मचारी।
Presentational white space
पश्चिम नेपालको जाजरकोटमा जाजरकोट-डोल्पा सडकखण्डमा पुल नहुँदा भेरी नदीमाथि तुइनबाट एउटा सवारीसाधन तारिँदै।

तस्बिर स्रोत, Hemanta KC / RSS

तस्बिरको क्याप्शन, कर्णाली प्रदेशको जाजरकोट-डोल्पा सडकखण्डमा पुल नहुँदा भेरी नदीमाथि तुइनबाट एउटा सवारीसाधन तारिँदै।
Presentational white space
अस्ट्रियाको इन्जब्रूकमा आयोजित स्की जम्प प्रतियोगिताका लागि अभ्यास गर्दै नर्वेका एक खेलाडी।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अस्ट्रियाको इन्जब्रूकमा आयोजित स्की जम्प प्रतियोगिताका लागि अभ्यास गर्दै नर्वेका एक खेलाडी।
Presentational white space
इराकको राजधानी बग्दादना अमेरिकाले आक्रमण गरेर इरानका वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीलाई मारिदिएपछि तेहरानमा च्यातिएको अमेरिकी झण्डा बोक्दै विरोधप्रदर्शनमा सहभागी एक व्यक्ति।

तस्बिर स्रोत, Abedin Taherkenareh / EPA

तस्बिरको क्याप्शन, इराकको राजधानी बग्दादमा अमेरिकाले आक्रमण गरेर इरानका वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीलाई मारिदिएपछि तेहरानमा च्यातिएको अमेरिकी झण्डापछाडि देखिएका एक व्यक्ति।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख भएअनुसार सुरक्षित छ।