यहुदीहरू लक्षित छुरा प्रहारबाट न्यूयोर्कमा थुप्रै घाइते
अमेरिकी राज्य न्यूयोर्कमा यहुदीहरूको एक प्रार्थनासभा नजिकैको घरमा थुप्रै मानिसहरूमाथि छुरा प्रहार गरिएको विवरणहरूमा जनाइएको छ।
न्यूयोर्क शहरको उत्तरमा रहेको मोन्सेमा अवस्थित उक्त घर एकजना यहुदी धर्मगुरुको रहेको अर्थोडक्स जुईस पब्लिक अफेयर्स काउन्सील (जेपीएसी)ले जनाएको छ।

तस्बिर स्रोत, Reuters
कम्तीमा पाँचजना घाइतेलाई अस्पताल पुर्याइएको उक्त काउन्सिलले जनाएको छ। ती सबै यहुदीहरू छन्।
उनीहरू त्यहाँ खानुखा भनिने यहुदीहरूको एक पर्वको उत्सव मनाउन जुटेका थिए।
हमलाको उद्धेश्य अझै खुलिसकेको छैन। संदिग्ध हमलाकारी सुरुमा भाग्न सफल भए पनि पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
न्यूयोर्क प्रहरीको प्रतिआतङ्कवाद एकाईले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको र घटनालाई नजिकबाट नियालेको बताइएको छ।
न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनसिलता अपनाइने जनाएकी छन्।
एउटा ट्वीटमार्फत् जेपीएसीले एकजना घाइतेलाई कम्तीमा छ पटक छुरा हानीएको जनाएको छ।




















