नेपाली प्रधानमन्त्रीको ट्विटरबाट सोनिया गान्धीको प्रशंसा गरिएको सन्देश कसरी भयो रिट्वीट

ओली

तस्बिर स्रोत, RSS

Published
पढ्ने समय: ३ मिनेट

नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतको आन्तरिक राजनीतिबारे लेखिएको एउटा ट्वीट 'लाइक' र 'रिट्वीट' भएपछि शुक्रवार राति सामाजिक सञ्जालमा खैलाबैला मच्चियो।

उक्त ट्वीट भारतमा हिंसा चर्किँदै गर्दा विपक्षी कंग्रेस नेत्री सोनिया गान्धीले देशवासीलाई संयमित हुन आग्रह गरेको विषयमा केन्द्रित थियो।

त्यसको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले ट्विटरमै "पासवर्डको दुरुपयोग गरी यस्तो गरिएको हुन सक्ने आशङ्का" व्यक्त गरी "कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न" अनुरोध गरे।

प्रधानमन्त्रीको खाताबाट उक्त ट्वीट मेटियो र लाइक पनि हटाइयो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

तर सामाजिक सञ्जालमा त्यसबारे चर्चा चलिरहेको छ।

कसले चलाउँछ प्रधानमन्त्रीको ट्विटर?

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक कार्यक्रम तथा भेटघाटमा ट्विटरको चर्चा गर्दै आफैँ ट्विटर चलाउने सङ्केत गर्ने गरेका छन्।

ट्विटरमा उनको निजी खाता पनि छ।

केही साताअघि अपेन्डिसाइटिसको शल्यक्रिया गरेको दुई दिनपछि अस्पतालको शय्याबाटै उनले ट्वीट गरेर आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको भन्दै स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका थिए।

ओली

तस्बिर स्रोत, Twitter

तर शुक्रवारको घटना नेपालका प्रधानमन्त्रीको आधिकारिक खाताबाट भएको हो।

उक्त खाता प्रधानमन्त्रीका सहयोगीहरूले चलाउने विश्वास गरिन्छ। आखिर कसले चलाउँछ त प्रधानमन्त्रीको ट्विटर?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले शनिवार मध्याह्न बीबीसी न्यूज नेपालीसँग भने, "त्यो गोप्य रहन्छ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

"हाम्रो टोलीले त्यो कसरी दुरुपयोग हुन गयो भनेर छानबिन गरिरहेको छ। तर अहिलेसम्म थाहा हुन सकेको छैन," नेकपाको स्थायी समितिको बैठकस्थल धुम्बाराहीमा रहेका उनले शनिवार मध्याह्न बीबीसी न्यूज नेपालीलाई बताए।

प्रधानमन्त्री कहिलेदेखि ट्विटरमा?

सुशील कोइराला प्रधानमन्त्री हुँदा सन् २०१५ मा पहिलो पटक नेपालका प्रधानमन्त्रीका लागि टि्वटरमा खाता खोलिएको थियो।

कोइरालाका तत्कालीन प्रेस सल्लाहकार तथा पत्रकार प्रतीक प्रधान भन्छन्, "प्रधानमन्त्रीको आधिकारिक प्रयोगका लागि @PM_Nepal खोलिएको हो। त्यही खातापछि अन्य प्रधानमन्त्रीलाई हस्तान्तरण हुँदै आएको हो।"

"प्रधानमन्त्रीका तर्फबाट म उक्त खाता चलाउँथेँ र सामाजिक सञ्जालमा उठेका विषयबारे बेलाबेलामा म उहाँलाई जानकारी दिइराख्थेँ," उनले बीबीबी न्यूज नेपालीलाई बताए, "त्यति बेला ट्विटर अरूलाई चलाउन दिइएको थिएन।"

कोइरालापछि ओली प्रधानमन्त्री बन्दा उनको सञ्चार टोलीलाई उक्त खाता हस्तान्तरण गरियो। ओलीपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र उनका उत्तराधिकारी शेरबहादुर देउवाले पनि त्यही खाता प्रयोग गरे।

के थियो प्रधानमन्त्रीले रिट्वीट गरेको सन्देशमा?

शिवम विज नाम गरेका एक भारतीय पत्रकारले शुक्रवार सन्देश लेख्दै भारतमा हिंसा चर्किएको बेला "देशवासीलाई सम्बोधन गर्ने विपक्षी दल कंग्रेसकी नेत्री सोनिया गान्धीको शान्त शैली"को प्रशंसा गर्दै त्यस्तो काम "बरु प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुपर्ने" सुझाव दिएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

नागरिकतासम्बन्धी एउटा विवादास्पद कानुनको विरोधमा भारतमा अहिले हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।

उक्त कानुनलाई आलोचकहरूले मुस्लिमविरोधी मानेका छन्। दुई सातादेखि भइरहेको विरोधलाई सरकारी पक्षले दमन गर्न खोजेको बताइन्छ।

सरकारले राजधानी दिल्ली तथा अन्य केही स्थानमा इन्टरनेट बन्द गरिदिएको छ।

आन्दोलन चर्किरहेको बेलामा सोनिया गान्धीले त्यसै बेलामा भिडिओ सन्देश दिएकी थिइन्।

उक्त भिडिओ कंग्रेस पार्टीको ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको थियो।

भारत आन्दोलन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अवैध आप्रवासीहरू नागरिकता दिने उद्देश्यले ल्याइएको नयाँ कानुनको विरोधमा भारत अशान्त भएको छ

विजले त्यही भिडिओलाई आफ्नो सन्देशमा राख्दै ट्वीट गरेका थिए।

के भन्छन् ट्विटर प्रयोगकर्ता?

नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्विटरबाट उक्त सन्देश पुन: सम्प्रेषित भएको देखेर धेरै प्रयोगकर्ताहरू चकित परे। क्षणभरमै धेरैले त्यसबारे लेख्न थाले।

धेरैले शुक्रवार रातिको घटनालाई प्रधानमन्त्रीका सहयोगीहरूको 'लापरवाही र अपरिपक्वता' मानेका छन्।

केहीले कूटनीतिक मर्यादाबारे विचार नपुर्‍याइएको तथा प्रधानमन्त्री "चिप्लिन पुगेको" टिप्पणी गरे।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

भुटानी पत्रकार तेन्जिङ लाम्साङले नेपालका प्रधानमन्त्रीले विजको सन्देश रिट्वीट गरेको देखिने स्क्रीनशटसहित लेखे।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

पत्रकार कनकमणि दीक्षितले गरेको ट्वीटमा प्रतिक्रिया लेख्दै प्रकाशचन्द्र जोशीले "नेपालका प्रधानमन्त्रीले भारतको आन्तरिक विषयमा टिप्पणी गर्लान् र?" भन्दै प्रश्न गरे।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

एक ट्विटर प्रयोगकर्ताले व्यङ्ग्यात्मक शैलीमा नाकाबन्दीको प्रसङ्ग पनि उल्लेख गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

केहीले भने प्रधानमन्त्रीका सहयोगीलाई लापरबाहीका लागि कारबाही हुनुपर्ने बताएका छन्।

डा. निर्मल कँडेल नामक प्रयोगकर्ता सोध्छन्," प्रमको सामाजिक सञ्जालको जिम्मेवारी पाएको व्यक्तिले यो अवस्थामा नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने होइन र?"

सूर्य थापाले दिएको स्पष्टीकरणमा प्रतिक्रिया लेख्दै केहीले प्रधानमन्त्रीको पासवर्ड दुरुपयोग हुनु गम्भीर विषय भएको जनाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9