महाविपत्तिको ३५ वर्षपछि भोपाल

Union Carbide plant, Bhopal, India

तस्बिर स्रोत, Judah Passow

Published

पैँतीस वर्षअघि भारतको भोपालमा महाविपत्ति आइलाग्यो। एउटा कारखानाबाट ठूलो मात्रामा रासायनिक पदार्थ चुहावट भएर हजारौँ मानिसको मृत्यु भयो।

यूनियन कार्बाइडको कारखानाबाट विषालु ग्यास हावामा फैलिएपछि २४ घण्टाभित्र कम्तीमा ३,००० जनाको ज्यान गयो भने हजारौँ मानिसको त्यसपछि मृत्यु भयो। उक्त चुहावटलाई संसारकै सबैभन्दा नराम्रो औद्योगिक दुर्घटना मानिन्छ।

हजारौँ मानिसलाई कालान्तरमा मृत्यु हुनेगरी फोक्सोको रोग लाग्यो भने हजारौँ अन्यलाई अपाङ्गता भयो।

फोटोग्राफर जुडा प्यासोले उक्त दुर्घटनाको प्रकोप खेपेका र कारखानाको भग्नावशेषनजिकै बस्ने मानिसहरूको तस्बिर खिच्ने गरेकी छन्।

स्थानीय अस्पतालमा छातीको एक्स-रे गराउँदै एक बिरामी। कारखानामा विस्फोटन भएर विषालु ग्यास चुहिँदा उनी बालक थिए।

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, स्थानीय अस्पतालमा छातीको एक्स-रे गराउँदै एक बिरामी। कारखानामा विस्फोटन भएर विषालु ग्यास चुहिँदा उनी बालक थिए।
उक्त कारखानाको भग्नावशेषनजिकै बस्ने एक बिरामी

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, विषालु ग्यासका कारण कम्तीमा २०,००० मानिसको मृत्यु भएको अभियानकर्ताहरू बताउँछन्। कैयौँ मानिसहरू अहिले पनि उक्त दुर्घटनाको पीडाबाट मुक्त सकेका छैनन्।
कारखानानजिकैको क्षेत्रमा बसोबास गर्ने महिला

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, उक्त कारखाना भएको ठाउँनजिकै बस्ने एक महिला। सन् १९८४ मा दुर्घटना हुँदा प्रभावित क्षेत्रमा साढे पाँच लाख मानिसहरूको बसोबास थियो। त्यो सङ्ख्या भोपालको कुल जनसङ्ख्याको दुईतिहाइ थियो।
दुर्घटनास्थलआसपास अझै पनि पानी तथा माटोमा हानिकारक रसायन निस्किने गरेको वैज्ञानिक र अभियानकर्ताहरूको भनाइ छ। त्यसैले त्यहाँ पाइपबाट पानी आपूर्ति गरिन्छ।

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, दुर्घटनास्थलआसपास अझै पनि पानी तथा माटोमा हानिकारक रसायन निस्किने गरेको वैज्ञानिक र अभियानकर्ताहरूको भनाइ छ। त्यसैले त्यहाँ पाइपबाट पानी आपूर्ति गरिन्छ।
रासायनिक चुहावटका कारण अहिले पनि अपाङ्गता भएका बालबालिकाको जन्म भइरहेको पीडित परिवारहरू बताउँछन्।

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, रासायनिक चुहावटका कारण अहिले पनि अपाङ्गता भएका बालबालिकाको जन्म भइरहेको पीडित परिवारहरू बताउँछन्।
यी बालिकालाई सेरब्रल पल्सी र मानसिक विकाससम्बन्धी समस्या छ। उनकी आमा ग्यास चुहावट हुँदा जोगिएकी थिइन्।

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, यी बालिकालाई सेरब्रल पल्सी र मानसिक विकाससम्बन्धी समस्या छ। उनकी आमा ग्यास चुहावट हुँदा जोगिएकी थिइन्।
एउटा स्थानीय क्लिनिकले अहिले पनि परम्परागत आयुर्वेदिक चिकित्साको जलवाष्प विधिद्वारा पीडितहरूको उपचार गर्ने गरेको छ।

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, एउटा स्थानीय क्लिनिकले अहिले पनि परम्परागत आयुर्वेदिक चिकित्साको जलवाष्प विधिद्वारा पीडितहरूको उपचार गर्ने गरेको छ।
एउटा स्थानीय अस्पतालमा उपचार गराउँदै क्यान्सरबाट पीडित एक बिरामी र उनकी पत्नी।

तस्बिर स्रोत, Judha Passow

तस्बिरको क्याप्शन, एउटा स्थानीय अस्पतालमा उपचार गराउँदै क्यान्सरबाट पीडित एक बिरामी र उनकी पत्नी।
भोपालस्थित एउटा फिजिकल थेरपी क्लिनिकमा उपचार गराएका बालबालिकाको हातको छाप। बालबालिकालाई विभिन्न समस्या देखिने गरेको छ।

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, भोपालस्थित एउटा फिजिकल थेरपी क्लिनिकमा उपचार गराएका बालबालिकाको हातको छाप। बालबालिकालाई विभिन्न समस्या देखिने गरेको छ।
फ्रान्सेली लेखक डोमिनिक लापिएरको नाममा स्थापित एउटा संस्थाले उपलब्ध गराएको आर्थिक सहयोगमा खोलिएको एउटा प्राथमिक विद्यालयमा खेल्दै बालबालिका।

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, फ्रान्सेली लेखक डोमिनिक लापिएरको नाममा स्थापित एउटा संस्थाले उपलब्ध गराएको आर्थिक सहयोगमा खोलिएको एउटा प्राथमिक विद्यालयमा खेल्दै बालबालिका। उक्त संस्थाले लापिएर र हाभिएर मोरोले लेखेको पुस्तक 'फाईभ पास्ट द मिडनाईट इन भोपाल' को नाफाबाट सम्भावना क्लिनिकलाई पनि आर्थिक सहायता दिन्छ।
तर उक्त विद्यालयको भविष्य अन्यौलग्रस्त छ

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, तर उक्त विद्यालयको भविष्य अन्योलग्रस्त छ।
सन् १९८९ मा भारतको सर्वोच्च न्यायालयले पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराएको थियो। तर धेरै पीडितले थप क्षतिपूर्तिको आशा र उक्त स्थानको सफाइ हुनुपर्ने माग राखेका छन्। गत वर्ष उक्त दुर्घटना भएको ३४औँ वर्ष पुगेको अवसरमा न्यायको माग राख्दै भोपालमा ठूलो जुलुस निकालिएको थियो।

तस्बिर स्रोत, Judah Passow

तस्बिरको क्याप्शन, सन् १९८९ मा भारतको सर्वोच्च न्यायालयले पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराएको थियो। तर धेरै पीडितले थप क्षतिपूर्तिको आशा र उक्त स्थानको सफाइ हुनुपर्ने माग राखेका छन्। गत वर्ष उक्त दुर्घटना भएको ३४औँ वर्ष पुगेको अवसरमा न्यायको माग राख्दै भोपालमा ठूलो जुलुस निकालिएको थियो।

सबै तस्बिर जुडा प्यासोले खिचेकी हुन्।