नेपाल-भारत सीमानजिकै मूर्तिमा कुँदियो भयङ्कर महाकालीदेखि नेपालको झण्डासम्म
Published
नेपालका विभिन्न स्थानबाट भेला भएका मूर्तिकारहरूले चितवनको माडीस्थित सोमेश्वर गढी जाने बाटोमा विभिन्न प्रस्तर मूर्ति बनाएका छन्। सोमेश्वर गढी नेपाल-भारतको सीमानजिकै छ।

आधुनिक उपकरण पनि प्रयोग गरेर २९ मूर्तिकारले १८ दिन लगाएर ५० वटा मूर्ति बनाएका हुन्। मूर्तिमा आधुनिक शैलीमा पौराणिक पात्र तथा अन्य वस्तुको सजीव चित्रण गरिएको छ।


ढुङ्गामा कुँदिएका ती मूर्तिहरू खुला अभिलेखका रूपमा रहने मूर्तिकारहरू बताउँछन्। चितवनको माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा मूर्ति बनाउने कार्यशाला आयोजना गरेका हुन्।


नेपाल-भारत सीमानजिकै बनाइको माथिको यो मूर्तिमा नेपालको झन्डा कुँदेर राष्ट्रिय एकताको सन्देश दिन खोजिएको बताइएको छ।
सबै तस्बिरको सर्वाधिकार बीबीसीमा सुरक्षित
















