फेसबुकको लाइक सङ्ख्या लुकाउने सङ्केत

फेसबुक

तस्बिर स्रोत, Getty Images

Published

एक जना इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुन सक्ने बताइएको छ।

सक्रिय नभएको सो कोड जेन मान्चुन वङले पत्ता लगाएकी हुन्।

फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने परीक्षण गरिरहेको छ।

फेसबुकले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

केही अध्ययनहरूले विशेषत: युवाहरूमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्य समस्याहरू ल्याउन सक्ने बताएका छन्।

के छ कोडमा?

वङले ब्लग लेख्दै सो कोडको व्याख्या गरेकी छन् र आफू फेसबुकका लागि काम नगर्ने बताएकी छन्।

फेसबुक

तस्बिर स्रोत, Getty Images

"यस्तो प्रकारको परीक्षण गर्नुअघि गरिने अध्ययन र कोड निर्माणमा लामो समय लाग्छ," उनले लेखेकी छन्।

"यस्ता कुरा आउँछ र हराउन सक्छ। तर मलाई विश्वास छ लाइक सङ्ख्या लुकाउने कार्यले प्रयोगकर्ताहरूको ठूलो सङ्ख्याको डिजिटल मानसिक स्वास्थ्य उपयोगी हुनेछ।"

लगानीकर्ता इलेन पाओले ट्वीट गर्दै यो परिवर्तन हुनुपर्ने बताएकी छन्।

"सामाजिक सञ्जालहरूले सन् २०१४ देखि आफ्नो असर मानसिक स्वास्थ्यमा पर्ने थाहा पाएका छन् र अब फेसबुकले लाइक सङ्ख्या लुकाउने काम सुरु गर्न खोजेको छ," उनले लेखेकी छन्।

इन्स्टाग्रामले आफ्नो परीक्षणको परिणाम सार्वजनिक गर्ने बेला नभएको बताएको छ।