तान्जानियामा इन्धन बोकेको टयाङ्करमा विस्फोटन, कम्तीमा ६० जनाको मृत्यु

तान्जानिया
Published

तान्जानियामा इन्धन बोकेको एउटा ट्याङ्करमा विस्फोटन हुँदा कम्तीमा ६० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ। सो घटनामा ७० जना घाइते भएको बताइएको छ।

इन्टरनेटमा प्रकाशित तस्बिरहरूमा ट्याङ्करको जलिरहेका भग्नावशेष ठूलो क्षेत्रफलमा छरपस्ट भएको र डढेका शवहरू देख्न सकिन्छ।

एउटा प्रमुख मार्गमा उत्तानो परेर पल्टिएको ट्याङ्करबाट इन्धन चोरी गर्ने प्रयास हुँदै गर्दा विस्फोटन भएको प्रहरीले जनाएको छ।

घटना मोराग्वरो क्षेत्रमा भएको बताइएको छ जुन सरसामान र इन्धन ओसारपसार गर्ने एउटा प्रमुख मार्ग हो।

'नराम्रो अवस्था'

हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

"अवस्था निकै नराम्रो छ। धेरै मानिसको मृत्यु भएको छ। व्यस्त स्थान भएकाले इन्धन चोरीमा संलग्न नरहेकाहरूको पनि मृत्यु भएको छ," एक प्रत्यक्षदर्शी डेनियल नुहगुहअहगुहलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले लेखेको छ।

नाइजेरियामा गत महिना भएको यस्तै घटनामा ४५ जनाले ज्यान गुमाएका थिए।

तस्बिर स्रोत, ANTSWEM EMMANUEL

तस्बिरको क्याप्शन, नाइजेरियामा गत महिना यस्तै घटनामा ४५ जनाको मृत्यु भएको थियो

संवाददाताहरूका अनुसार अफ्रिकाका केही भागमा जोखिम उठाएर ट्याङ्कर र पाइपलाइनबाट इन्धन चोरी गर्ने प्रवृत्ति केही मानिसमा रहेका कारण यस्तो घटना बारम्बार दोहोरिने गरेको छ।

नाइजेरियामा गत महिना भएको यस्तै घटनामा ४५ जनाले ज्यान गुमाएका थिए।

यो पनि पढ्नुहोस्