जब भिडले महिला अधिकृतमाथि गर्‍यो लट्ठीले प्रहार

महिलामाथि प्रहार

तस्बिर स्रोत, BBC TELUGU

Published
पढ्ने समय: १ मिनेट

भारतको तेलङ्गना राज्यमा एकजना महिला बन अधिकृतमाथि निर्मम ढङ्गले लाठीले हानेको घटनामा १६ जना पक्राउ परेका छन्।

उक्त राज्यको सत्तारुढ पार्टीका सदस्यले नेतृत्व गरेको उक्त भिड आइतवार वृक्षारोपण अभियानविरुद्ध प्रदर्शन गरिरहेको थियो।

ती बन अधिकृतलाई लाठीले हानेको भिडिओ भाइरल भएको थियो र पार्टीले त्यस्तो हमलाको सामाजिक सञ्जाल ट्वीटरमा निन्दा गरेको थियो।

नराम्ररी घाइते भएकी ती अधिकृतको अहिले अस्पतालमा उपचार भइरहेको छ।

हमला किन गरे?

उक्त भिडिओमा ट्र्याक्टरमा उभिएर भिडलाई शान्त पार्ने प्रयास गरिरहेकी ती बन अधिकृतलाई बाँसको लट्ठीले हमला गरेको देखिन्छ।

अन्य बन अधिकारीहरू र स्थानीय प्रहरी आएर भिडलाई तितरबितर नपार्दासम्म उनलाई बारम्बार लट्ठीले हानेको देखिन्छ।

त्यस्तो भिडिओ सामाग्री भारतभर भाइरल भएको थियो र त्यसले देशभर आक्रोश फैलाएको थियो।

यो घटनापछि तेलङ्गना राष्ट्र समितिको उच्च तहमा रहेका कल्भाकुन्त्ला तराका रामा राओले ट्वीटरमा घटनाको निन्दा गर्नुपरेको थियो।

उनले ट्वीटरमा लेखेका छन्, "आफ्नो काम गरिरहेकी बन अधिकृतमाथि हमला गर्ने कोनेरू कृष्णको दुष्ट व्यवहारको सशक्त रुपमा विरोध गर्छु। उनी पक्राउ परेका छन् र मुद्दा अघि बढिसकेको छ; कोही पनि कानुनभन्दा माथि छैन।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उक्त भिडको नेतृत्व कोनेरू कृष्ण राओले गरेका भनि पहिचान गरिएको छ।

उनी तेलङ्गना राष्ट्र समितिका विधायकका भाइ हुन्।

पार्टीले उनी पनि पक्राउ परेको पुष्टि गरेको छ।

आफ्नो बचाउमा राओले स्थानीय सञ्चारमाध्यममार्फत् बन अधिकारीहरूले आदिवासी किसानको उब्जनी मासिरहेकोले आफूले ती किसानहरूको न्यायका लागि त्यसो गरेको बताएका छन्।

"बन विभागले आदिवासी किसानहरूलाई आतंकित बनाइरहेको छ र उनीहरूको जमिन जबर्जस्ती कब्जा गरिरहेको छ," उक्त हमला आकस्मिक भएको समेत उनले बताए।

प्रहरी निलम्बनमा

हमलाको समयमा घटनास्थलमा रहेका दुईजना प्रहरी अधिकारीहरूलाई उनीहरूले ती महिला अधिकृतलाई जोगाउन नसकेको भनेर निलम्बन गरिएको बीबीसी तेलुगुले पुष्टि गरेको छ।

उक्त घटना कगाजनगरमा भएको हो जहाँ बन विभागको कार्यालय छ।

बन विभागले कलेश्वरम परियोजना अन्तर्गत वृक्षारोपण अभियानको अधिकार पाएको छ।

उक्त परियोजना गत साता एउटा ठूलो सिचाइँ योजना अन्तर्गत सुरु गरिएको थियो।

उक्त राज्यस्थित विपक्षी पार्टीहरू बिजेपी र कङ्ग्रेसले हमलाको सशक्तरुपमा निन्दा गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नाऊका रुपमा काम गर्न यी महिलाले पुरुष जस्तो देखिने लुगा लगाउनुपरेको छ