साताका रोचक नौ तस्बिरहरू
गएको हप्ता नेपालभरबाट प्राप्त तस्बिरहरूमध्ये हामीलाई मन परेका राम्रा र रोचक तस्बिरहरू यस्ता छन्।

तस्बिर स्रोत, RSS
खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रे सम्पन्न गरेपछि मङ्गलवार गरिएको परीक्षण उडानका लागि विमानस्थलमा अवतरण गरिएको विमान अवलोकन गर्न पुगेका विद्यार्थीहरू।

तस्बिर स्रोत, RSS
संखुवासभाको खाँदबारी-किमाथाङ्का सडकअन्तर्गत पर्ने मकालु गाउँपालिकाको सडकमा पहिरो झरेर सडक अवरुद्ध भएपछि फसेको बस घचेट्दै बसका यात्रुहरू।

तस्बिर स्रोत, RSS
मङ्गलवार हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटना भई कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुको बिहीवार खोजी गर्दै नेपाली सेनाको हेलिकप्टर।

तस्बिर स्रोत, RSS
धनकुटाको पर्यटकीयस्थल नमस्ते झरनामा आन्तरिक पर्यटकहरू।

तस्बिर स्रोत, RSS
ताप्लेजुङको विकट क्षेत्र ओलाङचुङगोलास्थित तमोर नदी माथि स्थानीयद्वारा बनाइएको फड्के।

तस्बिर स्रोत, RSS
पहिलो पटक तनहुँको व्यास नगरपालिकास्थित सुढेका १३ घरधुरीमा विद्युत सेवा पुगेपछि बत्ती बालेर उद्घाटन गरिदैँ।

तस्बिर स्रोत, RSS
तनहुँको बन्दीपुर गाउँपालिकाका सीमान्तकृत भुजेल र चेपाङ जातिका २३ घरधुरीलाई गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।

तस्बिर स्रोत, RSS
किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)को अन्तिम दिन शनिवार दिक्तेलस्थित माटीकोरेमा सिली नृत्य प्रदर्शन गरिएको छ।

तस्बिर स्रोत, RSS
धनकुटाको नाम्जेथुम्कीमा प्रदेशस्तरीय होमस्टे उदघाटन समारोहमा आफ्नै भेषभुषमा सजिएका लिम्बु समुदायका महिलाहरू।
सबै तस्बिरहरूको सर्वाधिकार छविकार/संस्थासँग सुरक्षित छ।




















