नेमार: बलात्कार आरोप लगाउने महिलाले दिइन् टीभीलाई अन्तर्वार्ता

तस्बिर स्रोत, Getty Images
चर्चित फुटबल खेलाडी नेमारले आफूलाई बलात्कार गरेको आरोप लगाएकी एक महिलाले सो विषयमा अन्तर्वार्ता दिएकी छन्।
गत शुक्रवार नेमारविरुद्ध उजुरी दर्ता गरेकी नाजिला त्रिन्दाजीले टेलिभिजन च्यानल एसबीटी ब्रसिललाई मे १५ मा प्यारिसको होटलमा आफूमाथि कुटपिट र बलात्कार भएको दाबी गरिन्।
नेमारले उक्त आरोपको खण्डन गरेका छन् र आफू निर्दोष भएको प्रमाण दिन ह्वाट्सएपमा दुई जनाबीच फोनमा भएको कुराकानी सार्वजनिक गरेका छन्।
नेमारले बुधवार भएको एउटा अन्तर्राष्ट्रिय खेलमा आफ्नो टोलीका थोरै समय खेले। उनले उक्त खेल आफ्नो जीवनको सबैभन्दा कठिन खेल भएको बताएका छन्।
कतारविरुद्ध भएको खेलको २० मिनेटमै नेमार घाइते भए। उनले अब निकट भविष्यमा हुन लागेको कोपा अमेरिका प्रतियोगिता खेल्न पाउनेछैनन्।
महिलाले अन्तर्वार्तामा के भनिन्?
त्रिन्दाजीले आफू नेमारप्रति आकर्षित भएको र उनीसँग सम्भोग गर्ने इच्छा भएको स्वीकारेकी छन्।
आफूलाई विमानबाट प्यारिस पुर्याइएको र त्यहाँ नेमारकै खर्चमा एउटा होटलमा राखिएको पनि उनले दाबी गरिन्।
त्रिन्दाजीले आफू एउटा "सामान्य मोडल र इन्टिरियर डिजाइन विषयकी विद्यार्थी" र एउटी "छोरी र आमा" भएको बताएकी छन्।
अन्तर्वार्ताका क्रममा उक्त घटना कुटपिट वा बलात्कार के थियो भनी सोधिएको प्रश्नको उत्तर दिँदै त्रिन्दाजीले भनिन्, "त्यो कुटपिट र बलात्कार दुवै थियो।"
भेटमा नेमारलाई "निकै आक्रमक पाएको र फोनमा सन्देश आदानप्रदान गर्दाको केटाभन्दा निकै भिन्न पाएको" उनले बताइन्।
पहिला आपसी सहमतिमा सम्भोग गर्न तयार रहेको तर त्यसका लागि आफूले कन्डम प्रयोग गर्न आग्रह गरेको त्रिन्दाजीले बताइन्।
तर नेमारले त्यसो गर्न अस्वीकार गरेको, फेरि आक्रमक भएको र आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी छन्।
नेमारलाई उक्त कार्य रोक्न आफूले भनेको तर उनले अस्वीकार गरेको पनि त्रिन्जादीले बताइन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
एसबीटीले उक्त अन्तर्वार्ताको अंश ट्विटरमा प्रकाशित गरेको छ।
भिडिओमा के छ?
त्रिन्दाजीले खिचेको भनिएको उक्त भिडिओमा एउटा होटलको कोठामा त्रिन्दाजी र नेमारबीच घम्साघम्सी भएकोजस्तो देखिन्छ।
भिडिओमा दुवै जना खाटमा पल्टिरहेका छन्। त्यसपछि महिला उठ्छिन् र पुरुषलाई थप्पड हान्छिन्। ती पुरुषले खुट्टाले छेकेर आफूलाई जोगाउँछन्।
महिलाले भन्छिन्, "म तिमीलाई कुट्न गइरहेकी छु। किन भनेर तिमीलाई थाहा छ। किनभने तिमीले मलाई हिजो पिटेका थियौ।"
यो संवादले यी दुईबीच पहिला पनि भेट भएको सङ्केत गर्छ।
नेमारले त्रिन्दाजीलाई दुई पटक भेटेको बताएका छन्।
पहिलो पटक भेटेपछि आफूसँग कस्तो व्यवहार भयो भन्ने बल्ल बुझ्न थालेको भन्दै त्रिन्दाजीले सो घटनालाई प्रमाणित गर्न र न्यायका लागि दोस्रो पटक पनि भेटेको एसबीटीलाई अन्तर्वार्तामा बताइन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
उक्त भिडिओ टीभी रेकर्ड नाम गरेको टेलिभिजिन च्यालनमा देखाइएको थियो।
नेमारले के भने?
नेमारले उक्त टीभी अन्तर्वार्ताबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
होटलको कोठाभित्र खिचिएको उक्त भिडिओ बनावटी भएको र त्यसले नै आफ्नो छोरालाई निर्दोष प्रमाणित गरेको दाबी नेमारका बुवा नेमार डस सान्तोसाले टीभी रेकर्डसँग गरेका छन्।
यसअघि नेमारको व्यवस्थापनले एउटा वक्तव्य प्रकाशित गर्दै उक्त आरोप "न्यायपूर्ण नभएको" जनाएको थियो।
नेमारले इन्स्टाग्राममा प्रेषित एउटा भिडिओमा पनि यही विवरण दोहोर्याएका छन्।
पोर्चुगिज भाषामा बोल्दै उनले भनेका छन्, "त्यो दिन सम्बन्धमा रहेका जोडीबीच चारल पर्खालभित्र हुने कुरा नै भएको थियो। र त्यसपछिको दिन खासै केही भएन। हामीले एकअर्कालाई एसएमएस पठायौँ। उनले आफ्नो बच्चालाई सम्झनास्वरूप दिने उपहार पनि मागिन्।"
सो भिडिओमा २७ वर्षीय नेमारले आफू र त्रिन्दाजीबीच आदानप्रदान भएको भनी दाबी एसएमएसको लामो शृङ्खला र उनीहरूको तस्बिर देखाएका छन्।
"खासै केही नभएको प्रभाणित गर्न" ती सामग्री सार्वजनिक गर्न परेको उनले बताए।
उता त्रिन्दाजीले आफूले धम्की दिएको अस्वीकार गरेकी छन् र भनेकी छन्, "म आर्थिक क्षतिपूर्ति होइन, न्याय चाहन्छु।"
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारूले बुधवार घाइते भएका नेमारलाई अस्पतालमा गएर भेटेका छन् र उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
यसअघि नेमारबारे टिप्पणी गर्दै राष्ट्रपति बोल्सोनारूले भनेका थिए, "उनी अहिले अप्ठ्यारो परिस्थितिमा छन्, तर म उनलाई विश्वास गर्छु।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
कानुनी उपचार के हो त?
मुद्दामा पहिला त्रिन्जादीको प्रतिनिधित्व गरेका वकिलहरूका अनुसार पहिला उनले नेमार "आक्रामक" भएको उनले "शारीरिक हिंसा" गरेको बताएकी थिइन्।
कुरा गराउन नेमारका वकिलहरूसँग छलफल गरिएको तर पछि नेमारको पक्षले नै त्यो अस्वीकार गरेको उनीहरूले बताएका छन्।
कसले पहिला भेट्न आग्रह गरेको थियो भन्ने विषयमा दुई कानुनी पक्षबीच विवाद रहेको छ।
त्यसपछि शुक्रवार त्रिन्दाजीले साओ पाउलोमा बलात्कारको मुद्दा हालिन्।
उनका वकिलहरूले त्यो अभियोग पहिला सहमति गरिएको "रणनीतिअनुरूप नभएको" भन्दै शनिवार त्रिन्दाजीसँग सम्बन्ध भङ्ग गरेका थिए।
अहिले उनले नयाँ कानुनी प्रतिनिधि खोजेकी छन्।
अन्तर्वार्तामा त्रिन्दाजीले पहिलो कानुनी टोलीका एक वकिलबारे टिप्पणी गर्दै "उनले मलाई पूर्णत: विश्वास गरेनन्। मलाई उनी पूर्वाग्राही भएजस्तो लाग्यो। उनले म बलात्कृत नै नभएजस्तो , मैले नै त्यो खोजेजस्तो चित्रण गरे।"
त्रिन्जादीको अनुमतिबिना उनीसँग सम्बन्धित तस्बिर सार्वजनिक गरेका कारण गोपनीयतासम्बन्धी कानुन उल्लङ्घन भएको भन्दै नेमारमाथि अर्को अनुसन्धान पनि हुन सक्छ।




















