क्याटलोनिया संकटः प्रत्यक्ष शासन लागू

स्वतन्त्र

तस्बिर स्रोत, Getty Images

Published

क्याटलोनियाको क्षेत्रीय सरकारले स्वतन्त्र भएको एकतर्फी रुपमा घोषणा गरेपछि त्यसप्रति प्रतिक्रिया जनाउँदै स्पेनले क्षेत्रीय सरकार र संसद्लाई विघटन गरेको छ।

स्पेन सरकारले क्याटलोनियामा समयअगावै निर्वाचन गराउने घोषणा समेत गरेको छ।

क्याटलोनियामा प्रत्यक्ष शासन लागू गर्नुको उद्देश्य केही दशकयताकै स्पेनले सामना गर्नुपरेको संवैधानिक संकटलाई सम्बोधन गर्ने रहेको छ।

क्याटलोनियालाई 'सामान्य अवस्थामा फर्काउन'का निम्ति केन्द्र सरकारको प्रत्यक्ष शासन लागू गर्न आवश्यक भएको स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले बताएका छन्।

अनिश्चितता

उनले क्याटलोनियाका अधिकांश जनताले स्वतन्त्र हुने कदमलाई समर्थन नगरेको बताए।

एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री राखोयले आफ्नो एउटा भूभाग चोरिएको हुँदा त्यसको पक्षमा स्पेनी जनता नउभिने उल्लेख गरे।

उनले क्याटलोनियामा डिसेम्बर २१ तारिखमा निर्धारित समयअगावै चुनाव गराइने घोषणा गरेका छन्।

जनमत

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्पेनी प्रधानमन्त्री मारिआनो राखोय

क्याटलन प्रहरीको अधिकार खोसिने वा नखोसिनेबारे अनिश्चितता छ।

क्षेत्रीय प्रहरी प्रमुखलाई बर्खास्त गरिएको छ भने देशद्रोहको आरोपमा क्षेत्रीय कमाण्डरमाथि अनुसन्धान भइरहेको छ।

जनमत संग्रह

यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रवार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो।

१३५ जना सांसदमध्ये ७० जना स्वतन्त्रताको पक्षमा उभिएका थिए भने १० जना विपक्षमा उभिएका थिए।

जनमत

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्याटलन नेता कारलस पुज्दमोन

दुईजना सांसद अनुपस्थित रहे भने स्वतन्त्रताको विपक्षमा रहेका सांसदहरुले संसदीय प्रक्रिया बहिष्कार गरेका थिए।

स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै अक्टोबर १ तारिखमा क्याटलोनियामा जनमत संग्रह गराइएको थियो।