तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै
युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।
लाइभ कभरेज
युद्धविराम र मानव निकासमार्ग भनेका के हुन्?
दशवटा रुसी लडाकु विमान खसालियोः युक्रेन
युक्रेनी हवाई फौजले बिहीवार दशवटा रुसी लडाकु विमान र दुईवटा ठूला बख्तरबन्द गाडीहरूको लस्कर ध्वस्त पारेको जनाएको छ।
सु-२५ जेट तथा सु-३४ जेटलाई निशाना बनाइएको एउटा विज्ञप्तिमा जनाइएको छ।
निसाना बनाइएका स्थानबारे भने युक्रेनले केही खुलाएको छैन।
रुसी सेनाले युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया जनाएको छैन र घटनाको स्वतन्त्रण पुष्टि भइसकेको छैन।
रुसद्वारा युक्रेनका नयाँ तीन सहरमा आक्रमण
पश्चिमा देशको प्रतिबन्धको जबाफमा रुसद्वारा दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक
के सर्वसाधारण नागरिकले सेनालाई रोक्न सक्छन्?
डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा तपाईँलाई पर्न सक्ने प्रभाव के हुन्
अस्पतालमा भएको बम आक्रमणको निन्दा, रुस-युक्रेन वार्ता युद्धविराम गराउन विफल
'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'
रुसले युक्रेनमा ‘रासायनिक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी
भाडा नबढाए सार्वजनिक सवारीसाधन नचलाउने चेतावनी, के भन्छ सरकार
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
किएभमा भुमिगत कोठामा बमबाट सुरक्षा खोज्दै बसेका सिरियाली
प्रतिबन्ध सामना गर्न के रुसले चीनसँग सहयोग माग्न सक्छ
सङ्घर्षविराम गरेर युक्रेनीलाई अन्यत्र लैजाने प्रयासबीच बाल अस्पतालमा रुसी हमला
भारतीय डाक्टर जो युक्रेनमा आफूले पालेका जङ्गली जनावरसँग फसेका छन्
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
युक्रेन रुस तनाव
युक्रेन-रुस युद्धसम्बन्धी लाइभ पेजमा हामीले मङ्गलवार दिनभरिका युक्रेन-रुस युद्धसम्बन्धी घटनाक्रमहरू राख्यौँ।
शुभरात्री।
अमेरिकाले रुसी तेलको आयातमा रोक लगाउँदै
अमेरिकाले रुसी तेलको आयातमा रोक लगाउने ठानिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अबको केही घण्टापछि रुसी तेलको आयातमा रोक लगाउने घोषणा गर्न लागेका हुन्।
उक्त घोषणा युक्रेनमा रुसले गरेको आक्रमण पश्चात् रुसमाथि लगाइने पछिल्लो प्रतिबन्ध हुने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसले बताए अनुसार बाइडनले सम्बोधन गर्नेछन्।
उनले ”युक्रेनमाथिको विनाकारण र अनुचित आक्रमणमा रुस जबाफदेही छ” भन्ने कुरा दोहोर्याउने अपेक्षा गरिएको छ।
बाइडन प्रशासनमाथि यो कदम उठाउन अमेरिकी सांसदहरूको दबाव बढ्दो थियो।
युक्रेनमा १,२०० भन्दा बढी गैरसैनिक हताहत - राष्ट्रसङ्घ
रुसले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता युक्रेनमा १,२०७ गैरसैनिक नागरिक हताहत भएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घले दिएको छ।
तीमध्ये ४०६ जनाको मृत्यु भएको र ८०१ जना घाइते भएका हुन्।
तर हताहत हुनेको सङ्ख्या "एकदम धेरै हुनसक्ने" राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त लिज थ्रोसेलले बताएकी छन्।
हवाई आक्रमण र विस्फोटक अस्त्रका कारण युक्रेनभरिका सहरमा सयौँ आवासीय भवन नष्ट हुँदा अधिकांश मानिस घाइते भएको राष्ट्रसङ्घको भनाइ छ।
मृतकमध्ये एक जना पत्रकार पनि भएको बताइएको छ।