तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. तेलको मूल्य थप बढ्ने चेतावनी

    पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य थप बढ्न सक्ने रुसले चेतावनी दिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ।

  2. युक्रेनी नागरिकलाई निस्कन दिन अपील

    मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनका सर्वसाधारणलाई सुरक्षित ठाउँतर्फ जान दिन एउटा भावुक अपील गरेका छन्।

    न्यूयोर्कस्थित सुरक्षा परिषद्‌को आपत्कालीन बैठकमा मार्टिन ग्रिफिथ्सले युद्धका कारण युक्रेनमा फसेका लाखौँ सर्वसाधारणको दयनीय अवस्थाबारे चर्चा गरे।

    हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उनले उल्लेख गरे।

    रुसी आक्रमणमा परेका क्षेत्रबाट जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा मानिसहरूलाई जान दिन उनले आग्रह गरे।

    राष्ट्रसङ्घका लागि रुसी राजदूतले भने सर्वसाधारणलाई जान नदिएको कुरा अस्वीकार गरे।

  3. विश्व ब्याङ्कद्वारा ७० करोडको प्याकेज अनुमोदन

    विश्व ब्याङ्कले युक्रेनका लागि ७० करोड डलर बराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ।

    अस्पतालका कर्मचारीलाई तलब खुवाउन,वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई सो रकमले सहयोग पुर्‍याउने ब्याङ्कले जनाएको छ।

    केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बसिदिनेछन्।

    विश्व ब्याङ्कको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क,लाटिभिआ र लुथिआनिआ लगायत देशले पनि सहयोग गरेका छन्।

  4. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि आक्रमण गरेयता हामीले मुख्यमुख्य घटनाक्रमबारे अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामीले महत्त्वपूर्ण घटनाक्रमबारे समाचार सामग्री पस्कनेछौँ।

    कृपया हामीसँगै रहनुहोला।

  5. क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

  6. रुसको चेतावनीअनुसार तेलको मूल्य कति पुग्न सक्छ

  7. युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ

  8. युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य

  9. रुसी आक्रमणले सर्वसाधारण निकास कार्य अवरुद्ध भएको युक्रेनको दाबी

  10. युक्रेनमा मानवीय सङ्कट गहिरिँदै, उडानमा प्रतिबन्धले 'तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने'

  11. 'युक्रेनमा एकताको यति बलियो आभास यसअघि कहिल्यै भएको थिएन'

  12. युद्ध अपराध के हो?

  13. रुस समर्थक हजारौँ सर्बियालीहरूको बेलग्रेडमा प्रदर्शन

  14. तस्बिरमा युक्रेनमा युद्ध: रुसी गोलाबारीका कारण भइरहेको विध्वंसबीच भाग्दा

  15. युद्धमैदान बनेको युक्रेनको मारिओपोल शहरमा उद्धारको नयाँ प्रयत्न

  16. के चीनले युक्रेन युद्ध रोक्न थप प्रयास गर्न सक्छ?

  17. युक्रेनमा रुसले आक्रमण गर्नुअघि र पछिका तस्बिरहरू

  18. रुसले प्रयोग गरेको भनिएको सबैभन्दा खतरनाक गैरपरमाणु अस्त्र के हो?

  19. रुसले अस्थायी युद्धविराम पालना नगर्दा सर्वसाधारणले सहर छोड्न नपाएको युक्रेनको आरोप

  20. घट्ला त पेट्रोलियम पदार्थको भाउ?