राष्ट्रपतिद्वारा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन्।
पौडेलले उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय र सर्वसाधारण नागरिकहरूलाई आह्वान गरेका छन्।
राष्ट्रपतिले तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन तथा समन्वय र सहयोगमा जुट्न अनुरोध गरेका छन्।








