छठ पर्वको चहलपहल तस्बिरमा

छठ पूजा
तस्बिरको क्याप्शन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजाको आरम्भ गरिन्छ। अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरूले प्रत्येक बिहान सूर्योदय होओस् भन्ने कामना यो पर्वमा गर्ने गर्छन्।
Published

देशका विभिन्न भागमा आइतवारबाट छठ पर्व मनाइदैँछ। सूर्यको आरधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रूपमा आरम्भ हुन्छ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दू समुदायको मूख्य पर्व हो।

नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो चाड केही वर्षदेखि राजधानी काठमाण्डू तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

छठ
तस्बिरको क्याप्शन, अघिपछि उदाउँदो सूर्यको प्रार्थना गरिने भए पनि छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ।
छठ पूजा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सूर्यको पूजा गर्न वशेषगरि महिलाहरू खोला, पोखरि वा घाटमा जाने गर्छन्।
छठ पूजा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हरियो तरकारी र फलफूल छठ पूजाका लागि अनिवार्यजस्तै हो। विशेषगरि स्याउ, केरा, सुन्तला, पानी सहितको नरिवल, उखु , हरियो बोडी, गागल, मुला, अदुवाको बोट लगायतका फलफूल र हरियो तरकारी छठी मातालाई प्रसादको रुपमा अर्पण गर्ने चलन छ।

छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थाल्छन्।

तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन्।

जनकपुरको गङ्गासागर, धनुषसागर अनि वीरगन्जको घडीअर्वा पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिएको छ।

छठ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, छठ पूजाका लागि पोखरी र घाटहरू सजाइएका छन्
छठ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काठमाण्डूको छठ पूजामा राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन्
छठ
तस्बिरको क्याप्शन, छठका लागि पोखरी र घाटका किनारहरूमा अस्थायी पूजा स्थल निर्माण गरिएका छन्

छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ। सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ।

सर्लाही सदरमुकाम मलङ्गवामा घरबाट पूजा सामाग्री टाउँकोमा राखेर छठघाट जाँदै ब्रतालु

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सर्लाही सदरमुकाम मलङ्गवामा घरबाट पूजा सामाग्री टाउँकोमा राखेर छठघाट जाँदै ब्रतालु
धनुषाको औरही खोलामामा सामूहिक पूजाका लागि निर्माण गरेकोे छठ घाट

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सांस्कृतिक एकताको आधार बनेको यस पर्वमा तराईका जिल्लाहरूमा मधेशी समुदायले मात्र नभई अन्य समुदायले पनि आस्था र निष्ठाका साथ छठ पर्व मनाउने चलन बढेको देखिन्छ।
सुनसरीको इनरुवास्थित कुरुवा खोलामा पूजास्थल निर्माण गर्दै स्थानीयवासी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सुनसरीको इनरुवास्थित कुरुवा खोलामा पूजास्थल निर्माण गर्दै स्थानीय
जनकपुरधामस्थित धनुषसागर पोखरी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कतिपय स्थानमा राती छठ घाटमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन छ भने कतिपय व्रतालुहरू आफ्ना सामाग्री प्रसाद सहित फर्केर आउने र भोलि पल्ट बिहान फेरी घाट जाने गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।