कोलम्बियामा भुइँचालोले भत्काएको भवनबाट जोगिन मानिसहरूको भागाभाग
पश्चिम कोलम्बियामा म्याग्निट्यूड ७.४ को भूकम्प जाँदा कैयौँ मानिस हताहत भएका छन्। क्षतिको पूरा विवरण आउन बाँकी नै छ। तर अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।
यो भूकम्प सान होसे डेल पाल्मारमा जमिनमुनि १०३ किलोमिटर तल उत्पन्न भएको कोलम्बियाको भौगर्भिक सेवा प्रदान गर्ने निकायले बताएको छ। भूकम्प छिमेकी मुलुकहरू भेनेजुएला, एक्वडोर र प्यानमामा पनि महसुस भएको थियो।
भूकम्पपछि कोलम्बियाका कैयौँ सहरहरूमा मानिसहरूलाई भवनहरूबाट अन्यत्र सारिएको छ।
भत्किएका केही भवनमा मानिसहरू फसेको बताइएको छ।
भेनेजुएलाका केही भागमा ६,१०० भन्दा बढी मानिसको ज्यान लिने गरी गएको दुइटा विनाशकारी भूकम्पको दुई महिना नबित्दै अहिले कोलम्बियामा पनि भूकम्प गएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

















