शौचालयमा जिउँदो सर्प, उद्धारकर्ता आइपुग्नुअघि नै बेपत्ता

भिडिओ क्याप्शन सुरु हुँदैछ,
शौचालयमा जिउँदो सर्प, उद्धारकर्ता आइपुग्नुअघि नै बेपत्ता
Published

यूकेको ल्याङ्कशरमा आफ्नो घरको शौचालयमा जिउँदो सर्प देखेपछि एक महिला छक्क परिन्।

उनले 'द रोयल सोसाइटी फर द प्रिभेन्शन अफ क्रूअल्टी टु एनिमल्स' (आरएसपीसीए)लाई खबर गरिन्। पशुकल्याणको क्षेत्रमा कार्यरत उक्त परोपकारी संस्थाले सर्प उद्धार गर्न एउटा टोली पठायो। तर उद्धारकर्ता पुग्नुअघि नै उक्त सर्प भने कतै गइसकेको थियो।

विज्ञहरूका अनुसार उक्त सर्प मानिसलाई हानि नपुर्‍याउने खालको र विषरहित जातको सर्प हो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।