भारतमा प्रतिबन्धित माछा नष्ट गरियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भारतमा प्रतिबन्धित माछा नष्ट गरियो
Published

भारतको नागपुरमा प्रतिबन्धित 'थाई क्याटफिश' नष्ट गरिएको यो दृश्य हेर्नुहोस्।

यी माछालाई बजारमा पुग्नबाट रोक्न ११ ओटा तालमा छापा मारिएको थियो।

भारतमा यो प्रजातिको माछाको पालन, प्रजनन तथा बिक्री प्रतिबन्धित छ।

ब्लीचिङ पाउडर प्रयोग गरी ३६ टनभन्दा बढी माछा नष्ट गर्दा वैज्ञानिक विधि अपनाइएको अधिकारीहरूको दाबी छ।

मानव उपभोगका लागि यो माछा असुरक्षित हुन सक्ने ठानिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।