टेक्ससमा कारभित्र फसेको बच्चालाई सिसा फोडेर बाहिर निकाल्नुपर्यो
संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित हार्लिङ्गन सहरमा उष्णलहर फैलिएको बेला एक दम्पतीले आफू गाडीबाहिर निस्किँदा झुक्किएर गाडीको चाबी भित्रै छुटाए। गाडीभित्र उनीहरूको बच्चा पनि थियो।
गर्मीका कारण निसासिने डरले उनीहरूले बच्चालाई बाहिर निकाल्न गाडीको सिसा फुटाए। त्यसो गर्न उनीहरूलाई अरू मानिसले पनि सघाएका थिए।
यो घटना जुलाई १९ को हो। बच्चालाई उद्धार गरिएको भिडिओ अहिले सार्वजनिक भएको छ।
जुलाई १९ मा हार्लिङ्गनको तापक्रम ३७.७ डिग्री सेल्सिअस पुगेको थियो।
रोकेर राखिएको गाडीमा बालबालिका र शिशुहरूलाई बढी गर्मी हुन सक्छ। संयुक्त राज्य अमेरिकाको पारवहन मन्त्रालयले सावधान गराउँदै भनेको छ चर्को घाममा रोकिएको कारभित्रको तापक्रम सुरुको १० मिनेटमा ११ डिग्री सेल्सिअसले बढ्न सक्छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




