माछा मार्न जाँदा समुद्रमा फसेका दुई जनाको पाँच दिनपछि उद्धार
माछा मार्न जाँदा समुद्रमा फसेका दुई जनाको पाँच दिनपछि उद्धार
Published
माछा मार्न जाँदा प्रशान्त महासागरमा फसेका दुई जनालाई मेक्सिकोको जलसेनाको सहयोगमा उद्धार गरिएको छ।
उनीहरू पाँच दिनसम्म एउटा बाकसमाथि बसेर प्रशान्त महासागरमा तैरिएका थिए।
मेक्सिकोको जलसेनाले चिआपुस तटभन्दा १५० माइल टाढा ५३ र ३२ वर्षका दुई पुरुषहरूलाई देखेपछि उद्धार सम्भव भएको थियो।
उद्धार गरेर उनीहरूलाई उपचार गर्न यानमा उडाएर लगियो। त्यसपछि बल्ल उनीहरूको परिवारसँग भेट भयो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



