साँघुरो इनारमा खसेका बालकको आठ घण्टापछि जीवितै उद्धार

साँघुरो इनारमा खसेका बालकको आठ घण्टापछि जीवितै उद्धार
Published

भारतको बिहार राज्यको नालन्दा जिल्लामा पानी निकाल्न खनिएको साँघुरो इनार 'बोरवेल' भित्र खसेका एक तीनवर्षे बालकलाई आठ घण्टापछि जीवितै उद्धार गरिएको छ।

यो घटना गत आइतवारको हो।

घरनजिकै खेल्दै गर्दा ती बालक शिवम् कुमार १२ मिटर गहिरो उक्त साँघुरो इनारभित्र खसेका थिए।

उद्धारका क्रममा बोरवेलभित्र एउटा क्यामरा छिराएर ती बालकको अवस्था निगरानी गरिएको थियो।

उद्धार गरेर ती बालकलाई अस्पताल लगिएको थियो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

नालन्दामा उद्धार गरिएका बालक