बालिका शिक्षा: कोरोनाभाइरस महामारीले बालिका शिक्षा झन् बढी मारमा

अडिओ क्याप्शन सुरु हुँदैछ, बालिका शिक्षा
Published

कोरोनाभाइरस महामारीमा कैयौँ विद्यालयले अनलाइन पढाइरहेका छन्।

सरकारले पनि दूर शिक्षा र अनलाइन सामग्रीको व्यवस्था गरेको बताउँदै आएको छ।

महामारीले आठ महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ नराम्ररी प्रभावित छ।

स्कूल सञ्चालनमा नहुँदा कैयौँ विद्यार्थी पढाइ छोडेर कामको खोजीमा हिँडेका खबर प्रकाशित भएका छन्।

त्यस्ता विद्यार्थी पुन: औपचारिक शिक्षामा फर्कनेमा संशय व्यक्त गरिन्छ।

महामारीका कारण बालकको तुलनामा बालिका शिक्षा झन् नराम्ररी प्रभावित भएको जानकारहरू बताउँछन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. तुलसी थपलिया र त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय विभाग किर्तिपुरमा अध्यापनरत डा. सुशन आचार्य बीचको बहस सुन्न माथिको तस्बिरमा अङ्कित प्ले बटन थिच्नुहोस्।

अनि यो पनि: