कोरोना भाइरस नेपालः बीबीसी बहस - ‘यो महामारी बाबुआमाका लागि अवसर पनि हो'
सन्दर्भ बालदिवसको। बालबालिकाका शिक्षा, खेलकुद र पोषणको समेत धरापमा पारेको महामारी बाबुआमाका लागि चाहिँ अवसर बनेर आएको बाल विशेषज्ञहरू बताउँछन्।
के कोरोनाभाइरस महामारी तपाईँका लागि कुनै अवसर हुनसक्छ? बालविशेषज्ञ डा. सुधा बस्नेत भन्छिन्, “आमाबाबुले बच्चाहरूसँग समय बिताउनका लागि कोरोनाभाइरस उचित अवसर बनेर आएको छ।”
आफैँ सानो बच्चाका बाबु मिलन धरेल बाल अधिकार परिषद्का कार्यकारी निर्देशक हुन्। तर उनलाई लागेको छ, “हामी धेरै टाढा गइसकेका रहेछौँ। हामीलाई आफ्ना बच्चासँग कथा भन्न कविता भन्न र ऊजस्तै भएर खेल्न आउँछ हामी आमाबाबुलाई?”
बच्चाले कति घण्टा अनलाइनमा बस्नु ठिक हो त? बालबालिका किशो किशोरीको जीवनमा साथीभाइको महत्त्व कति छ? महामारी चलेकै बेला पनि साथीभाइसँग कसरी केटाकेटीका साथीभाइबीच संवाद र खेलकुदको सम्भावना खोज्ने?
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत बालरोग विशेषज्ञ डा. सुधा बस्नेत र बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलसँग बालबालिकाको विभिन्न पाटामा बाबुआमाले कसरी सक्रिय भूमिका खेल्न सक्छन् भन्ने व्यावहारिक सुझावसहितको छलफल बीबीसी नेपाली सेवाको साप्ताहिक रेडियो कार्यक्रम "बीबीसी बहस"मा।
बीबीसी बहसमा यसअघि