कोभिड: 'स्वास्थ्यकर्मीलाई सम्मान गर्न मैले सगरमाथा चढेकी हुँ'
तेत्तीस वर्षीय दिया पुनले यो वर्ष सगरमाथा चढिन्।
यस अघि उनले सन् २०१८ मा एन्टार्कटिका आकानकागुवा र सन् २०१९ मा मनास्लु हिमाल आरोहण गरेकी थिइन्।
उनले केही नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन्। तर उनी पेशाले आफूलाई नर्स भनेर चिनाउन रुचाउँछिन्।
"कोभिड महामारीका बेला मैले अस्पतालमा नर्सको रूपमा काम गर्दा डाक्टर र नर्सको मानसिक स्वास्थ्य बिग्रेको देखेँ। त्यसैले मेरो सगरमाथा अभियानलाई उहाँहरूको सम्मानमा समर्पण गर्ने निर्णय गरेँ," उनी भन्छिन्।
फिल्म क्षेत्रमा भने आफू झुक्किएर आएको उनी बताउँछिन्।
"एउटा अवसर आयो त्यही लिएँ। म यति लामो समयसम्म फिल्म क्षेत्रमा बस्छु भनेर सोचेकी पनि थिइनँ। आफूलाई चिनाउनु पर्दा सधैँ नर्स नै भन्छु," उनले बीबीसी न्यूज नेपालीलाई बताइन्।
दियाको आरोहण क्षेत्रमा रुचि र सफलताबारे उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि: