भारत विधानसभा चुनावः मतगणनामा कुन दलको स्थिति कस्तो

तस्बिर स्रोत, Getty Images
भारतका पाँचवटा राज्यमा विधानसभाका लागि भएको निर्वाचनको मतगणना जारी रहंदा चारवटाको नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी)को पक्षमा देखिएको छ।
उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, मणिपुर र गोआमा जारी मतगणनाले सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ता र शुभचिन्तकहरूमा खुशी ल्याएको छ।
प्रमुख प्रतिपक्षी काङ्ग्रेस आईले पनि लज्जाजनक हार बेहोर्ने देखिएको छ।
पञ्जाबमा भने अरविन्द केजरीवालको आम आदमी पार्टीले बाजी मारेको छ।
जहाँ उसले आवश्यक बहुमत सीट जितिसकेको छ भने जित वा अग्रतासहित ९२ सीटमा शीर्ष स्थानमा छ।
यी पाँच राज्यमा झण्डै १८ करोड ५० लाख मतगणना भइरहेको छ।
खुसियाली
कडा प्रतिस्पर्धा हुने ठानिएको उत्तर प्रदेशमा बीजेपीले बहुमत प्राप्त गरिसकेको छ।
त्यहाँ जित वा अग्रतासहित बीजेपीले २५६ सीटमा शीर्ष स्थानमा छ भने समाजवादी पार्टी एक सय दश सीट जित्ने देखिएको छ।
७० सीट भएको उत्तराखण्डमा बीजेपी जित वा अग्रतासहित ४८ सीटमा शीर्ष स्थानमा छ।
४० सीट भएको गोवामा बीजेपी जित वा अग्रतासहित २० सीटमा शीर्ष स्थानमा छ।
र ६० सीट भएको मणिपुर विधानसभाको मतगणनामा बीजेपी नै ३२ स्थानमा जित वा अग्रतासहित अगाडी छ।
बीबीसी हिन्दीका अनुसार बीजेपीका र आम आदमी पार्टीका कार्यकर्ताहरूले खुसियाली मनाउन थालेका छन्।
मतगणनाको प्रारम्भिक नतिजासँगै भारतीय शेअर बजारमा सुधार देखिएको छ।




















