दशैँ: यसरी ग्रहण गरिँदैछ टीका

Published

बहुसङ्ख्यक नेपालीले मनाउने बडादशैँको दशौँ दिन शुक्रवार धेरैले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्।

नेपालका कतिपय क्षेत्रमा विजयादशमीबाट असोज शुक्ल पूर्णिमासम्म पाँच दिनसम्मै टीका लगाउने प्रचलन छ।

विशेषगरी पश्चिमी क्षेत्रमा दशमीको एक दिन मात्र टीका लगाएर आशीर्वाद दिने चलन छ।

दशैँको दिन टीका लगाउँदै वृद्धाश्रममा ज्येष्ठ नागरिक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, एकआपसमा दशैँको दिन टीका लगाउँदै तनहुँको देवघाटस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक

दशैँको शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दशैँले आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

कोरोनभाइरस महामारीका कारण यसपालि पनि अधिकारीहरूले सावधानी अपनाएर दशैँ मनाउन भनेका थिए।

पूर्वराजा ज्ञानेन्द्र सहितले सार्वजनिक रूपमा लगाइदिने गरेका टीका यसपालि पनि स्थगित गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई दशैँको टीका लगाउँदै आमा मिथिला पाण्डे

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, राष्ट्रपति विद्यादेवी भण्डारीलाई दशैँको टीका लगाउँदै आमा मिथिला पाण्डे
प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाइदिँदै प्रधानमन्त्री शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाइदिँदै प्रधानमन्त्री शेरबहादुर देउवा

१५ दिनसम्म मनाइने दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड हो।

दशैँमा पिङ खेल्ने, शक्ति पीठहरूमा पूजा गर्ने, बलि दिने र मीठो परिकार बनाएर खाने चलन छ।

सप्तरीको छिन्नमस्ता मन्दिर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सप्तरीको छिन्नमस्ता मन्दिरमा विजयादशमीको पूजा गर्नेको भिड
मन्दिरको दर्शनका लागि डुङ्गामा जानेको भिड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फेवाताल बीचमा रहेको तालबराही मन्दिरको दर्शनका लागि डुङ्गामा जानेको भिड
अर्घाखाँचीको सन्धिखर्कमा दशैँ टीकापछि सामूहिक तस्बिर खिचाउँदै परिवार

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अर्घाखाँचीको सन्धिखर्कमा दशैँ टीकापछि सामूहिक तस्बिर खिचाउँदै परिवार
आफ्नो शरीरमा बत्ती बाली बसेका एक भक्तजन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भक्तपुरको ब्रह्मायणी पीठमा आफ्नो शरीरमा बत्ती बालेर बसेका एक भक्तजन
थुनुवालाई दशैँको टीका लगाउँदै जिल्ला प्रहरी प्रमुख

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हुम्ला प्रहरीको हिरासत कक्षमा रहेका थुनुवालाई दशैँको टीका लगाउँदै जिल्ला प्रहरी प्रमुख