लेमी तामाङ: 'म श्रृङ्गारकै लागि जन्मेकी रहेछु, भगवान्ले मलाई यसकै लागि बनाइदिएका जस्तो लाग्छ'
२६ वर्षीया 'मेकअप आर्टिस्ट' लेमी तामाङलाई लाग्छ उनी श्रृङ्गार (मेकअप) कै लागि नै जन्मेकी हुन्।
उनले अनलाइनबाट आफै बेहुलीको श्रृङ्गारको काम सानै उमेरमा सिकेकी हुन्।
अहिले उनी भारतको ‘फ्याशन इन्डस्ट्री’मा काम गर्छिन् र हालै आफ्नै ब्रान्डको 'पेस्टल ब्युटी बाइ लेमी’ मेकअप समेत निकालेकी छिन्।
तर सफलताको यो ठाउँसम्म आइपुग्न सजिलो नभएको उनी बताउँछिन्।
"सुरुमा म श्रृङ्गार व्यवसायमा लाग्दा मेरा अभिभावकलाई मनाउन गाह्रो भयो। मनाउनु भन्दा पनि आफूलाई प्रमाणित गर्नुपर्यो। लुकीछिपी काम गर्नुपर्यो। त्यो एउटा चुनौती नै थियो मेरो लागि। नेपालमा मेकअप स्टुडियो खोल्नु पनि चुनौतीपूर्ण थियो। मुम्बईमा कामको लागि जानु पनि चुनौती नै थियो। त्यहाँ गएर आफ्नो स्थान बनाउनु फेरि अर्को चुनौती थियो। फेरि एजेन्सीहरूमा काम खोज्नु… हरेक पाइलामा चुनौती हुँदाहुँदै मैले हार खाइन," उनले बीबीसी न्यूज नेपालीलाई बताइन्।
सफल हुन कडा मेहनत र छरितो काम महत्त्वपूर्ण हुने उनी बताउँछिन्।
हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।