कोभिड नेपाल: थप २७ सय जनामा कोरोना भाइरस सङ्क्रमण, २४ जनाको मृत्यु

कोभिड नेपाल
Published

नेपालमा थप २,७१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

बिहीवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १२,८२९ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,७०७ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख २७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,६६१ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,२८८ जना सङ्क्रमणमुक्त भएका छन्।

कोरोनाभाइरस

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २७,३०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २४,६१६ जना घरमा तथा २,७५९ जना संस्थागत आइसोलेशनमा छन्।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. तीन जिल्लामा झण्डै आठ हजार सक्रिय सङ्क्रमित.  साउन ७ गते अपराह्णसम्मको तथ्याङ्क.

सङ्क्रमितमध्ये अहिले ६३५ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७२ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि गरिएका सङ्क्रमितमध्ये ५३६ जना काठमाण्डूमा, २४५ जना मोरङ्गमा, १४९ जना सुनसरीमा फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै देखिन्छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, पहिलो मात्रा खोप लगाएका जोखिमपूर्ण समूहका नागरिक भन्छन्: सरकार, दोस्रो मात्रा खोइ?
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या बिहीवारसम्म १२ लाख ८१ हजार नाघेको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

कोभिड

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

खोपकेन्द्रहरूमा मानिसको घुइँचो देखिन्छ।

भारतको अवस्था के छ?

भारतमा २४ घण्टाको अवधिमा ४१,३८३ नयाँ सङ्क्रमित थपिएका छन् भने ५०७ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म तीन करोड १२ लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म चार लाख १८ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभ्याक्स सुविधा के हो र कसरी काम गर्छ?

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख नौ हजारभन्दा धेरै छ।

भारतमा हालसम्म ४१ करोड ७८ लाख भन्दा धेरैले कोभिड खोप लगाएका छन्।

बिहीवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ झन्डै २२ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, पोस्ट कोभिड समस्या के हो? कुन उमेर समूहमा बढी देखिन्छ?