कोभिड नेपाल: थप १८७ जनाको मृत्यु पुष्टि, आठ हजार कोरोना भाइरस सङ्क्रमित थपिए

बिरामी

तस्बिर स्रोत, EPA

Published

शनिवार नेपालमा थप ८,१६७ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट १८,५४८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शनिवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

शनिवार काठमाण्डूमा २,१४६ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३७४ जना सङ्क्रमित थपिएका छन्।

केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५,४५५ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि एक लाख नौ हजार ७४० जनामा सक्रिय सङ्क्रमण छ।

नेपालमा कोभिड सङ्क्रमण. विसं २०७८ वैशाख १ गतेदेखि पुष्टि भएका सङ्क्रमण र सङ्क्रमणमुक्त सङ्ख्या.  .

तीमध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि कोभिडका कारण कुल ४,८५६ जनाको मृत्यु हुँदा उपत्यकामा १,६१५ जनाले ज्यान गुमाएका छन्।

अहिले विभिन्न स्थानमा ७,९६९ जना बिरामी संस्थागत आइसोलशनमा छन्।

तीमध्ये १,३३१ जना बिरामी आईसीयूमा र ३७० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोभिडका कारण दैनिक मृत्यु . विसं २०७८ वैशाख १ गतेदेखिको दैनिक पुष्टि सङ्ख्या.  .
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा मानसिक स्वास्थ्य बिग्रदै

नेपालमा शय्या र आईसीयू कति?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८,९१७ छ।

देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ।

कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।