कोरोना भाइरस अपडेटः गत २४ घण्टामा १४ जनाको मृत्यु, १,०५६ सङ्क्रमित थप

Published

नेपालमा थप १,०५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार जनाएको छ।सङ्क्रमित मध्ये ३८६ जना महिला र ६७० जना पुरुष रहेका छन्।

कुल ६,२८६ नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयको तथ्याङ्क छ।

गत २४ घण्टाको अवधिमा नेपालमा १४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

यो सँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या २,४४,४३३ पुगेको छ।

अहिलेसम्म देशभरि १,६५१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कति जना निको भए?

मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,४८३ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।

अहिलेसम्म कुल २,३०,५३७ जना सङ्क्रमित निको भएको मन्त्रालयको तथ्याङ्क छ। जुन ९४.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५२५ जना क्वारन्टिनमा रहेका छन् भने १२,२४५ आधिकारिक रूपमा आइसोलेशनमा बसिरहेका छन्।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित एकै दिन फेला परेका थिए।