कोरोना भाइरस महामारीमाझ नेपालमा यसरी मनाइयो छठ पर्व

Published

शनिवार बिहान उदाउँदो सूर्यलाई अर्घ् दिएर यस वर्षको छठ पर्व विधिवत् रूपमा समापन भएको छ। तर कोरोनाभाइरस महामारीको प्रभाव यस पर्वमा परेको देखियो।

छठ

तस्बिर स्रोत, RSS

नेपालका विभिन्न भागमा कसरी मनाइयो त यो वर्ष छठ पर्व? यहाँ केही तस्बिरहरू प्रस्तुत गरिएको छ।

वीरगन्ज

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पर्सा

छठ पर्वका लागि रङ्गविरङ्गी बिजुली बत्तीले वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरी परिसर सिङ्गारिएको भए पनि त्यहाँ बस्ने व्यवस्था गर्न स्थानीय प्रशासनले रोक लगाएको थियो।

अघिल्ला वर्षहरूमा घडिअर्वा पोखरीको साजसज्जा हेर्न छिमेकी जिल्लाबाट हजारौँ मानिसहरू आउने गरेको छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष प्रेम साह कानूले बताए।

नदी तटमा गरिने पूजा यस पटक घरमै गर्न कतिपयले आफ्नै घरआँगनमा पानी र बस्ने स्थानको व्यवस्था गरेका थिए।

काठमाण्डू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, काठमाण्डू
झापा
तस्बिरको क्याप्शन, झापा

झापामा दाजुभाइका परिवारका लागि एकै स्थानमा पूजास्थल बनाइएको पनि पाइयो।

विगतका वर्षमा ताल र नदीमा व्रतालुहरूको निकै भिड हुने भए पनि यस वर्ष कोरोनाभाइरसका कारण धेरैले घरघरमै पोखरी बनाएर छठ मनाएका थिए।

छठ

तस्बिर स्रोत, RSS

छठमा खासगरी महिलाहरूले सानो ढक्कीमा नरिवल, केरालगायत विभिन्न पूजा सामग्री राखी सूर्यलाई अर्घ्य दिने गर्छन्।

यो वर्ष बुधवार छठ पर्व सुरु भएको थियो।

त्यस दिनदेखि शनिवार बिहानसम्म श्रद्धालुहरू व्रत बसेका थिए।

छठको पूजा गर्दै महिलाहरू

व्रत आरम्भ गर्दा छठीमाताको पूजा गरेर खीर, पुरी अनि फलफूल खाने अनि भोलिपल्ट दिनभरि निराहार बस्ने चलन छ।

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेपछि छठ पर्व सम्पन्न हुन्छ।

झापा

यो वर्ष कोभिड-१९ को त्रासका कारण छठको उल्लास केही घटेको पाइयो।

नदी तथा तालतलैयाका घाटमा न्यून मात्रामा भक्ताहरू भेला भएर छठ पूजा गरेका थिए।

अधिकांशले घरमै आवश्यक व्यवस्था मिलाई छठ पूजा गरेका थिए।

छठ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, विराटनगर
छठ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, काठमाण्डू
छठ

तस्बिर स्रोत, EPA

पहिला तराईका जिल्लामा सीमित छठपर्व हिजोआज काठमाण्डू उपत्यका र अन्य जिल्लामा पनि मनाइने गरेको छ।

छठ

तस्बिर स्रोत, EPA

छठ पूजा

तस्बिर स्रोत, EPA

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित