तुइनमा मोटरसाइकल चढेर काममा जानुपर्ने बाध्यता

भिडिओ क्याप्शन सुरु हुँदैछ, विकट मुगु जिल्लाका यी सरकारी कर्मचारी किन मोटरसाइकलमा तुइन चढे?
Published

नापी कार्यालय मुगुका कर्मचारी हरिहर चौलागाईँले मोटरसाइकलमा चढेर तुइनबाट कर्णाली नदी तरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

केही दिनअघि कामको सिलसिलामा यात्रा गर्दा उनले डर र रमाइलोका बीच तुइनमा मोटरसाइकल चढेका थिए।

तर उनले आगामी दिनमा त्यस्तो जोखिम नउठाउने बताएका छन्।

नेपाललाई तुइनमुक्त गर्ने सरकारको निरन्तरको प्रतिबद्धताबीच थुप्रै नेपालीले यसरी नै दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिरहेकै छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि