तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस भारतः जम्मुस्थित प्रसिद्ध माता वैष्णो देवी मन्दिर पुनः खुला
कोरोनाभाइरस महामारीबीच भारतले जम्मुस्थित प्रसिद्ध माता वैष्णो देवी मन्दिर पुनः खुला गरेको छ।
देशमा कोरोनाभाइरस सङ्क्रमित हुने र मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढिरहेका बेला मन्दिर पुनः खुला गरिएको हो।
कोरोनाभाइरस सङ्क्रमणलाई लिएर गुफाभित्र रहेको उक्त मन्दिरलाई पाँच महिनाका लागि बन्द गरिएको थियो।
त्यहाँ हरेक वर्ष लाखौँको सङ्ख्यामा तीर्थयात्रीहरू दर्शनका लागि पुग्ने गर्छन्।
अनुमति
अधिकारीहरूका कोरोनाभाइरस महामारीबीच पुनः खुला गरिए पनि दर्शनार्थीहरूको सङ्ख्या तोकिनेछ।
शुरूमा प्रतिदिन दुई हजार दर्शनार्थीहरूलाई दर्शनका लागि अनुमति दिइनेछ र उनीहरूले मास्क लगाएको हुनुपर्छ।
कोरोनाभाइरस सङ्क्रमणको दृष्टिकोणले रेड जोनमा परेका स्थानबाट पुग्ने तीर्थयात्रीहरूले कोरोनाभाइरस परीक्षणको निगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ।
अधिकारीहरूका अनुसार भारतमा आइतवार मात्रै कोरोनाभाइरसबाट ६३,००० व्यक्ति सङ्क्रमित भएका छन्।
योसँगै त्यहाँ सङ्क्रमित हुने व्यक्तिहरूको कुल सङ्ख्या २५ लाख नाघेको छ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट आइतवारसम्म भारतमा मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ४९,९८० पुगेको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा