तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस भारत: कोभिड-१९ का कारण एकै दिन २,००० भन्दा बढी मानिसको मृत्यु
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो चोटि एकै दिन २,००० जनाभन्दा बढीको मृत्यु भएको छ।
गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको हो।
भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३,५४,००० नाघेको छ।
तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ।
भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा छ। अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ।
अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ।
प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ।
बुधवार प्रकाशित तथ्याङ्कममा अहिले भारतभरि १,५५,०० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ।
महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्।
त्यहाँ १,१३,००० भन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भएको छ।
तीमध्ये ५,५३७ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
अहिलेसम्म देशभरि ९०७ वटा प्रयोगशालाबाट ५९ लाखवटाभन्दा बढी परीक्षण गरिएको सरकारको भनाइ छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ