चक्रवात अम्पन: समुद्री आँधीले भारत र बाङ्ग्लादेशमा विध्वंश, लाखौँ मानिस प्रभाव

बाङ्ग्लादेशमा तटबन्धहरू भत्किएका छन्

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा तटबन्धहरू भत्किएका छन्
Published

पूर्वी भारत र बाङ्ग्लादेशमा चक्रवात अम्पनले गरेको विध्वंशबाट लाखौँ मानिसहरू प्रभावित भएका छन्।

अहिलेसम्म ८४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

शक्तिशाली आँधीले घरहरू भत्काउनुका साथै विद्युत् आपूर्ति प्रणाली बिगारिदिएको छ।

दुवै देशमा चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

तर कोभिड-१९ महामारीका कारण स्थानान्तरण निकै कठिन भएको थियो। मानिसहरूबीच दूरी कायम राख्नुपर्ने भएकाले आश्रयस्थल व्यवस्थापन गर्न पनि समस्या भएको थियो।

भारतको पश्चिम बङ्गालमा हजारौँ घरमा क्षति पुगेको छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, भारतको पश्चिम बङ्गालमा हजारौँ घरमा क्षति पुगेको छ

धेरै मानिसले कोरोनाभाइरस सर्ने डरले आफ्नो घर छोड्न पनि नमानेको बताइन्छ।

विध्वंश

चक्रवात अम्पनको वेग १८५ किलोमिटर प्रतिघण्टासम्म थियो। त्यसबाट समुद्रमा पानीको सतह १५ फीटसम्म बढेको थियो।

तर अहिले उक्त समुद्री आँधीको वेग घटेको छ।

अम्पनलाई बङ्गालको खाडीमा सन् १९९९ पछि उत्पन्न भएका समुद्री आँधीमध्ये सर्वाधिक शक्तिशाली मानिएको छ।

हजारौँ घरमा क्षति पुगेको छ

तस्बिर स्रोत, Reuters

भारतको पश्चिम बङ्गाल राज्यका तीनवटा जिल्लामा अम्पनले ठूलो विध्वंश गरेको छ।

बाङ्ग्लादेशमा हजारौँ घरहरू भत्किएका छन् तथा तटीय क्षेत्रका धेरै गाउँहरू डुबानमा परेका छन्।

भारत र बाङ्ग्लादेशमा फैलिएको सुन्दरवन्स क्षेत्र प्रभावित भएको छ।

भारतको कोलकातामा पनि समुद्री आँधीले क्षति पुर्‍याएको छ। त्यहाँ सडकहरू जलमग्न भए र विद्युत् आपूर्ति घण्टौँसम्म अवरुद्ध भयो।

कोलकाता

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कोलकाताका सडकमा लडेका रूख र खम्बाहरू देखिन्छन्

राज्यकी मुख्य मन्त्री ममता बनर्जीले कोलकातामा कोभिड-१९ले भन्दा समुद्री आँधीले ठूलो क्षति पुर्‍याएको बताएकी छन्।

cyclone kolkata

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कोलकाताका सडकहरू जलमग्न छन्
बङ्गाल

तस्बिर स्रोत, AFP

cyclone bangladesh

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा सडकहरू अवरुद्ध भएका छन्
बाङ्गलादेशमा तटीय क्षेत्रमा भएका गाउँहरू डुबानमा परेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बाङ्गलादेशमा तटीय क्षेत्रमा भएका गाउँहरू डुबानमा परेका छन्