तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल अपडेट: सोमवारसम्म कुल सङ्क्रमित सङ्ख्या ३७५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार राति १०:१५ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ।
यो पछिल्लो विज्ञप्ति अनुसार पछिल्लो पटक थप १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
काठमाण्डू, धरान, नेपालगञ्ज र विराटनगरमा गरिएका परीक्षणमा नयाँ सङ्क्रमितको पुष्टि भएको जनाइएको छ।
सोमवार राति थपिएको पुष्टि गरिएकाहरूमा धनुषा निवासी दुईजना पुरुष; खोटाङका एक पुरुष; बाँके नरैनापुरका १२ पुरुष; दैलेखका एक पुरुष; सुनसरीका एक पुरुष र झापा निवासी एक पुरुष रहेका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन्।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गरेका हुन्।
सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनाको सङ्क्रमण पुष्टि गरेको थियो।
यसरी सोमवार थप ८० जना सहित नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ मा १७१ र प्रदेश नं २ मा १३४ जना भेटिएका हुन्।
कर्णाली प्रदेशमा पहिलो पटक कोभिड-१९ पुष्टि भएको हो। सङ्क्रमित दैलेख जिल्लाका भएको मन्त्रालयले जनाएको छ।
पुष्टि भएका सङ्क्रमितमध्ये ३६ जना भाइरसमुक्त भएको सरकारको भनाइ छ।
मृत्यु भएपछि दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।
जिल्लागत तथ्याङ्क हेर्दा बाँकेमा सर्वाधिक ९३ सङ्क्रमित छ।
पर्सामा ९१ जनामा सङ्क्रमण पुष्टि भएकोमा तीन जना निको भएर अस्पतालबाट बिदा भइसकेका छन्।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा