कोरोना भाइरस फिल्म: मे २९ देखि यूट्युबमा निःशुल्क १० दिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

चलचित्र महोत्सव

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, गत वर्षको बीएफआई लन्डन चलचित्र महोत्सवमा चर्चित हस्तीहरू
Published

बर्लिन, क्यान्स, टोरन्टो र भेनिससहितका प्रमुख चलचित्र महोत्सवले अनलाइन चलचित्र महोत्सव गर्न सहकार्य गर्न लागेका छन्।

उनीहरूले आयोजना गर्ने 'वी आर वन: अ ग्लोबल फिल्म फेस्टिभल' मे २९ बाट यूट्युबबाट लाखौँ दर्शकसमक्ष प्रस्तुत हुनेछ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण धेरै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू हुन नसक्ने परिस्थिति सिर्जना भएपछि उनीहरूले एउटा अनलाइन महोत्सवको लागि सहमति गरेका हुन्।

दश दिन चल्ने उक्त महोत्सवबाट सङ्कलित रकम विश्व स्वास्थ्यसङ्गठन (डब्ल्यूएचओ) को कोभिड-१९ विरुद्ध स्थापित कोष र अन्य त्यस्तै कार्यका लागि उपलब्ध गराइनेछ। सो अनलाइन महोत्सवमा संसारभरिका १० महोत्सवहरूको संलग्नता रहेको छ।

'मनोरञ्जन र राहत'

कान फिल्म फेस्टिबल

तस्बिर स्रोत, Getty Images

ट्राईबेका चलचित्र महोत्सवकासहसंस्थापक रोबर्ट डि नीरो र न्यूयोर्क चलचलित्र महोत्सवका जेन रोजेन्थालले आफ्नो महोत्सव स्थगित भएपछि यूट्युबसँग सहकार्यअगाडि बढाएका हुन्।

उनीहरूले यसले विश्वभरिका सङ्कलक, कलाकार र कथावाचकहरूले एकताबद्ध भएर दर्शकलाई मनोरञ्जन र राहत दिने आशा गरेकाछन्।

"हामी सधैँ विश्वभरिको पृथक्ता र सीमाले छुट्ट्याएका मानिसलाई चलचित्रले एकबद्ध बनाउन सक्छ भन्ने कुरा गर्छौँ," रोजेन्थालले भने। "अनि अहिले विश्वलाई त्योआवश्यक छ।"

निःशुल्क हेर्न सकिने सोमहोत्सवमा चलचित्र, छोटा चलचित्र, सङ्गीत, वृत्तचित्र, कमेडी र छलफल हुनेछन्। महोत्सव नजिकिँदै जाँदा यसको पूर्ण तालिका उपलब्ध हुने बताइएको छ।

तर सन् २०२० को चलचित्र महोत्सवका देखाइने भनिएका कुनै पनि चलचित्र आर्थिक र सर्वाधिकारका कारण सहभागी हुनेछैनन्।

गत महिना क्यान्स चलचित्र महोत्सव पनि स्थगित भएको थियो। उसले योअनलाइन चलचित्र महोत्सवमा सहभागी हुन पाउँदा गर्वित महसुस भएको बताएको छ।

अहिलेको अवस्थामा टोरन्टो, भेनिस र लन्डन चलचित्र महोत्सवहरू स्थगित भएका छैनन्। बर्लिन चलचित्र महोत्सव फेब्रुअरीमा सम्पन्न भइसकेको छ। 

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर