कोरोनाभाइरस: सङ्क्रमण पुष्टि हुनेको सङ्ख्यामा स्पेनले इटलीलाई उछिन्यो

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुनेहरूको सङ्ख्यामा स्पेनले इटलीलाई उछिनेको छ।
स्पेनमा सङ्क्रमितहरूको सङ्ख्या १ लाख ८८ हजार पुगेको विवरण सार्वजनिक भएको छ।
कोरोनाभाइरसको सबैभन्दा नराम्रो प्रभाव बेहोर्ने युरोपेली मुलुकहरूको सूचीमा स्पेन अहिले दोस्रो स्थानमा छ।
अधिकारीहरूका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ९३२ जनाले ज्यान गुमाएका छन्।
तथ्याङ्क
कोरोनाभाइरसको सङ्क्रमणका कारण त्यहाँ मृत्यु हुनेहरूको कुल सङ्ख्या १०,९०५ पुगेको छ।
सबैभन्दा बढी प्रभाव मड्रिडमा देखिएको छ जहाँ हालसम्म ४,४८३ जनाले ज्यान गुमाएका छन्।
मड्रिड क्षेत्रका अध्यक्षका अनुसार गत मार्च महिनामा त्यहाँका स्याहार केन्द्रहरूमा करिब ३ हजारले ज्यान गुमाएका थिए र अहिलेको आँकडा सामान्य अवस्थाभन्दा करिब दुई हजार बढी हो।
सङ्क्रमणका कारण स्याहार केन्द्रहरूमा हाल कर्मचारी अभाव देखिएको छ।
गत महिना अवकाशप्राप्त मानिसहरू बस्ने निवासमा बसेकाहरूलाई सहयोग गर्न सेना बोलाउनुपरेको थियो।
उनीहरूले त्यहाँ वृद्ध बिरामीहरूलाई अलपत्र अवस्थामा भेटाएका थिए। कतिपयको ओछ्यानमै मृत्यु भइसकेको थियो।

तस्बिर स्रोत, Reuters
कोभिड-१९ रोग तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो। मृत्यु हुनेको सङ्ख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै नौ लाख मानिसले आफ्नो जागिर समेत गुमाएका छन्।
अमेरिकामा बिहीवार बताइएअनुसार त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसले बेरोजगारी सुविधाका लागि निवेदन दिएका छन्।
रुसमा यसअघिको म्याद थप्दै राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई एप्रिल अन्त्यसम्म कामबाट टाढा रहन भनेका छन्।
ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यानककले एप्रिल अन्त्यसम्म दैनिक एक लाखको जाँच गर्ने लक्ष्य राखिएको जनाएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ





















