तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: न्यूयोर्कमा 'नियन्त्रित इलाका' घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
अमेरिकामा न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले कोरोनाभाइरसबाट निकै प्रभावित उत्तरी सहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।
न्यू रोशलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो।
कोरोनाभाइरस अति प्रभावित इटलीमा ज्यान गुमाउने सङ्ख्या फेरि बढेको छ। जहाँ कडा प्रतिबन्ध जारी छ।
न्याश्नल गार्डको जिम्मेवारी
न्यूयोर्कका गभर्नर कोउमोले न्यू रोशल अमेरिकाकै सम्भवत: धेरै सङ्क्रमितहरू भएको क्षेत्र रहेको बताए।
न्यूयोर्क सहरको तुलनामा निकै कम जनसङ्ख्या रहे पनि त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या धेरै नै बढी भेटिएको उनको भनाइ छ।
त्यहाँ न्याश्नल गार्डका सदस्यहरू परिचालन गर्ने निर्णय भएको छ।
उनीहरूले विद्यालयलगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन्।
क्वारन्टीनमा रहेका निजी घरहरूमा आवश्यक खाने कुरा पुर्याउने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ।
स्वास्थ्यमन्त्रीमा सङ्क्रमण
ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।
स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्।
उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।
स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्।
ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ। ६ जनाको मृत्यु भएको छ।
चीनमा सङ्क्रमण घट्यो
कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको सङ्ख्या ६३१ पुगेको छ।
त्यहाँ एकै दिन १६८ जनाको मृत्यु भएको छ।
सङ्क्रमितहरूको सङ्ख्या करिब एक हजार थपिएर १० हजार १४९ पुगेको छ।
इटली चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश हो।
चीनमा भने मङ्गलवार १९ जनामात्र नयाँ सङ्क्रमित भेटिएका छन्। जुन अहिलेसम्मकै कम सङ्ख्या हो।
सबभन्दा पहिले कोरोनाभाइरस भेटिएको चीनमा सङ्क्रमितहरूको कूल सङ्ख्या ८० हजार ७५४ छ भने ३ हजार १३६ जनाले ज्यान गुमाएका छन्।
- कसरी जोगिने?ज्वरो वा रुघामा एक्लिएर बस्न विज्ञको सुझाव
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्